सीमामा रोकिएका आठ सय प्युठानीको उद्दार



सलिम अन्सारी, प्युठान।

नेपाल-भारत सीमा क्षेत्र कृष्णनगर नाकामा आएर अलपत्र परेका नागरिकहरूलाई उद्दार गरि प्युठान ल्याइएको छ । भारतका विभिन्न ठाउँबाट आएर सिमा क्षेत्रमा फसेका प्युठानका करिब आठ सय नागरिकहरूलाई उद्दार गरिएको हो ।

लकडाउनका कारण भारतमा बेखर्ची भएपछि घर हिडेका उनिहरुको सिमानाकामा अलपत्र परेको जानकारी पाएपछी स्थानिय तहले उद्धार गरि घर ल्याएका हुन । प्युठानका नौ वटै स्थानिय तहले आफ्ना अलपत्र नागरिकहरूलाई ल्याउन सिमाना सम्म गाडी पठाउने गरेका छन ।

आफ्ना अलपत्र नागरीकहरुलाई खोज्दै जनप्रतिनिधीहरु समेत सिमानामा पुग्ने गरेका छन। प्युठानको झिमरुक ८ का वडाअध्यक्ष तुलस बस्नेतले झिमरुकबासी सिमाक्षेत्र आईपुगेको जानकारी पाएपछी आफै आएर उद्धार गरेको बताए।

स्थानीय सरकारले दिएको बिबरण अनुसार यसरी उद्धार गरिएको प्युठानीको संख्या बिहिबार साँझ सम्म जम्मा ७ सय ९६ जना छ । जस अनुसार स्वर्गद्वारी नगरपालिकामा १७७ जना र प्युठान नगरपालिकामा १२४ जनालाई उद्धार गरि घर ल्याईएको छ।

त्यस्तै,मल्लरानीमा ५५ जना, ऐरावतीमा २०३,गौमुखीमा ४ जना,झिमरुकमा ६० जना, माण्डबिमा १२५ जना,नौबहिनिमा ३३ जना र सरुमारानी गाउँपालिकामा ११५ जना गरि जम्मा ७९६ जनाको भारतबाट उद्धार गरिएको छ । नगर एवंम गाउँपालिकाले स्थापना गरेको राहत कोषबाट भाडा तिर्ने गरी नागरिकको उद्धार गरिएको जनप्रतिनिधीहरुले बताएका छन ।

ऐरावती गाउपालिका अद्यक्ष नबिल बिक्रम शाहले कार्यपालिका बैठकको निर्णय अनुसार अलपत्र परेका आफ्ना नागरिकको उद्धार गर्न थालिएको जानकारी दिए। ‘अलपत्र पर्यौँ भनेर हाम्रो सम्पर्कमा आए जतिलाई उद्धार गरिरहेका छौँ।’ उनले भने, ‘गाउपालिकाको बिपद कोषको रकम खर्चेका छौँ, अझै धेरैले फोन गरिरहनुभएको छ।’ अद्यक्ष शाहले भने, ‘अन्य शिर्षकबाट रकमान्तर गरेर भएपनी घर त ल्याउन पर्यो निु ।’ स्थानीय प्रशासनको समन्वयमा अलपत्र परेकालाई उद्धार गर्न सुरु गरिएको उनको भनाई छ ।

नेपाल ल्याइएका उनीहरु कम्तीमा १४ दिन क्वारेन्टाइनमा बसेर मात्र आ-आफ्नो घरतर्फ जानेछन् । उनिहरु सबैको स्वास्थ्य परिक्षण समेत गरिने छ बीना सूचना गाउँका नागरीक भारतबाट आउँदा व्यवस्थापनमा चुनौती थपिदै गएको जनप्रतिनिधीहरुको भनाई छ ।

पछिल्लो समय स्थानिय तहले संकलन गरेको तथ्याकं अनुसार प्यूठानबाट रोजगारीका लागी भारत गएका नागरिकहरुको संख्या झण्डै ३७ हजार छ। यस अघि न्युज अफ नेपालबाट समेत सयौँ प्युठानी भारतमा अलपत्र परेको खबर प्रकाशित भएको थियो।

प्रतिक्रिया दिनुहोस्