प्याब्सन र एनप्याब्सनद्वारा बजेटमार्फत तत्काल राहत प्याकेज घोषण गर्न आग्रह



न्युज अफ नेपाल, काठमाडौँ ।

प्याब्सन र एनप्याब्सनद्वारा शैक्षिक क्षेत्रमा देखिएको आर्थिक समस्या सरकारले बजेटमार्फत सम्बोधन गर्न संयुक्त रुपमा आग्रह गरिएको छ ।

कोभिड महामारीको रोकथामका लागि गरिएको लकडाउनद्वारा सिर्जित आर्थिक अवस्था सम्बोधनका लागि तत्काल राहत प्याकेज घोषना गर्न सरकारसँग माग गरिएको छ ।

शिक्षक, कर्मचारी तलब भत्ता, विद्यालयको भाडा तथा बैँकको व्याज लगाएत विद्यालयका नियमित कामहरु धान्न समस्या भइआएकाले प्याब्सन तथा एनव्याब्सनद्वारा संयुक्त रुपमा उक्त माग राखिएको हो ।

Joint Press Release

प्रतिक्रिया दिनुहोस्