कीर्तिपुरमा आरडीटी पोेजिटिभ आएका चारको पाँच दिनपछि आरडीटी नेगेटिभ



न्युज अफ नेपाल, कीर्तिपुर ।

कीर्तिपुर नगरपालिकाले लगातार रुपमा कोरोना टेष्ट गर्ने काम गर्दे आएको छ । यसैवीच गत जेठ ५ गते गरेको कोरोना टेष्टको क्रममा आरडिटी परीक्षणमा पोजेटिभ आएका कारण क्वारेन्टाइनमा बसेकासबैको आज जेठ ९ गते शुक्रवार भने नेगेटिभ आएको छ ।

कीर्तिपुर नगरपालिकाले सोमवार जेष्ठ ५ गतेको दिनमा कीर्तिपुर नगरपालिका, कीर्तिपुर अस्पताल र त्रिविको संयुक्त पहलमा संचालन गर्दै आएको रुघा खोकी, जरो परीक्षण स्थाल त्रिविमा कोरोना संक्रमणको परिक्षण गरिएको थियो । कीर्तिपुरका मेयर रमेश महर्जन र फोहरमैला शाखा अन्तर्गत काम गर्ने मजदुर तथा कर्मचारीहरु सहित गरि करिव ६० जनाको आरडिटि र पिसिआर परीक्षण गरिएको हो । आरडिटि अर्थात रगत परिक्षणमा पोजेटिभ आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको पिसिआर टेष्टका लागि स्वाव संकलन गरि टेकू अस्पतालमा पठाएको थियो भने अहिले सम्म पनि त्यसको नतिजा आएको छैन ।

पिसिआरको नतिजा नआएको अवस्थामा फेरि पनि पाँचदिन पछि टेष्ट गर्दा आरडिटि नै नेगेटिभ आएको छ । आज शुक्रवारको दिनमा कीर्तिपुर नगरपालिकाका थप ३३ जनाको पनि आरडिटि टेष्ट गरिएको थियो । शुक्रवार मात्र जम्मा ३७ जनाको आरडिटि टेष्ट गरिएको र सो क्रममा सबैको नेगेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्