काभ्रेका १ सय ५० पत्रकारको कोरोना बिमा



न्युज अफ नेपाल, काभ्रे ।

कोभिड–१९ महामारी रोकथामको अग्रपक्तिमा रहेर जिम्मेवारी निर्वाह गरिरहने जिल्लाका संचारकर्मीहरुको कोरोना विमाहुने भएको छ ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारीका अनुसार जिल्लामा कृयाशिल १ सय ५० जना सदस्यहरुको १ लाख रुपैयाको विमा गरिन लागिएको हो । जसका लागि महासंघले गैसस महासंघसँग समन्वय गरेको छ । प्रति पत्रकार ६ सय रुपैयामा १ लाख रुपैयाको विमा हुनेछ । विमा कम्पनी, गैससमहासंघले नेपाल पत्रकार महासंघको उक्त अभियानलाई सहयोग पुर्‍याएकाछन् ।

विमाका लागि जिल्लामा रहेको लागि सिविक फोरमको तर्फबा टप्रति व्यक्ति ६ सयको दरले ३० जना पत्रकाहरुका लागि १८ हजार रुपैया उपलब्ध गराएको छ । कार्यकारी निर्देशक बसन्त कुँवरले नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना र गैसस महासंघ काभ्रेका अध्यक्षटोम सापकोटालाई चेक हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्