हङकङमा पुन आनदोलनको भय



बेइजिंग, (एजेन्सी) ।

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले आफ्नो विशेष प्रशासकिय क्षेत्र हंगकंगमा विवादास्पद राष्ट्रिय सुरक्षा कानुन लागु गर्ने तयारी गरेको छ । यस कदमलाई हंगकंग शहरको सवतन्त्राता मथिकै ठूलो प्रहारको रुपमा हेरिएको छ ।

धोका षडयन्त्र , औपचारिक विभाजन , आन्दोलन तथा समस्या सिर्जना आदि माथि प्रतिवन्ध लगाउने सो कानुनले हंगकंगका विधायकहरुलाइृ वाइपास गर्न सक्ने बताइएको छ ।

राजनीतिक विशलेषकहरुले चीनले हंगकंगलाई चीनमा अन्त कतै नभएको स्वतन्त्रताको अनुभूति दिने आफ्नो वाचा तोड्न लागेको भनी आलोचना गरेका छन् । चीनको यस कदमपटि त्यहाँ पुन प्रजातान्त्रिक सुधारको माग सहित पुन अर्को जन प्रदर्शन शुरु हुने अनुमान गरिएको छ । यस कानुन सम्बन्धी योजना चीनको नेसनल पिपुल्स कंग्रेस (एनपिसि) को वार्षिक कार्यक्रममा पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्