जिरुडले चेल्सीसँगको सम्झौता लम्ब्याए



लन्डन, एजेन्सी ।

फ्रेन्च स्टार फुटबलर ओलिभर जिरुडले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीसँगको सम्झौता एक वर्ष लम्ब्याएका छन्। चेल्सीसँगको सम्झौता ६ महिना बाँकी रहेका बेला उनले थप एक वर्षको सम्झौता बढाएका हुन् ।

योसँगै आउँदो सिजन पनि उनी चेल्सीमै रहने पक्का भएको छ । फ्रान्सले दोस्रो पटक विश्वकप जित्दा राष्ट्रिय टिमका एक महत्वपूर्ण खेलाडी जिरुड सन् २०१८ को जनवरीमा आर्सेनलबाट चेल्सी आएका थिए । उक्त सम्झौतापछि जिरुडले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्