वट सावित्री पर्व मनाइँदै



सुभेन्द दास, लहान ।

मिथिलाञ्चलमा आज शुक्रबार बटसावित्री अर्थात् बरसाइत पर्व मनाइँदै छ। विवाहित महिलाहरुले मनाउने यो पर्वमा वरको पूजा गरिन्छ। पर्वमा महिलाहरु नयाँ लुगा, श्रृंगारका सामानका साथै पूजा सामाग्री किन्ने गर्छन्। नवविवाहित महिलाहरुका लागि यो पर्वमा बेहुलाको घरबाट पूजा सामग्रीका साथै पाहुर आउने गर्छ।

प्रत्येक वर्ष ज्येष्ठ महिनाको औंसी तिथिमा मनाइने यो पर्वलाई मिथिला संस्कृतिमा आदर्श नारीत्वको प्रतीक मानिँदै नारीत्व रक्षा र सन्तान प्राप्तिमा सहयोग गर्ने रुपमा हेरिन्छ।हिन्दु धर्ममा पीपलको बोट जस्तै महत्वपूर्ण मानिने बरलाई दार्शनिक दृष्टिबाट दीर्घायु तथा अमरत्व बोधको प्रतीकको रुपमा स्वीकार गरिएको छ।

यही मर्म अनुसार बरको बोटमा पतिको दीर्घायुका लागि पूजा गर्नु बटसावित्री पर्वको मुख्य पक्ष रहेको छ। महिलाहरुले यो दिन व्रत बसेर पूजा गरी कथा सुनेपछि बरको बोटमा सूतीको धागो बाँध्ने गर्छन्।

 

प्रतिक्रिया दिनुहोस्