आठ मेक्सिकन फुटबलरमा कोरोना संक्रमण



लन्डन, एजेन्सी ।

मेक्सिकोको क्लब फुटबल खेल्ने आठ जना फुटबलरमा कोरोनाको संक्रमण फेला परेको छ । लिगा एमएक्सले आज जारी गरेको एक विज्ञप्तिमा क्लब सान्तोस लगुनाका आठ जना खेलाडीहरुमा कोरोना संक्रमण भेटिएको जनाएको हो ।

लिगा एमएक्सले कोरोना पुष्टि भएका खेलाडीहरुको नाम भने सार्वजनिक गरेको छैन । तर, उनीहरुलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको जनाएको छ । त्यस्तै क्लबका अन्य खेलाडीहरुलाई पनि निगरानीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्