स्वास्थ्य चौकी बन्द



सीताराम अधिकारी , धादिङ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वढा नम्बर ४ गुम्दी स्थित गुम्दी स्वास्थ्य चौकी अनिश्चित कालका लागि सेवा बन्द गरिएको छ।

लमजुङका कोभिड –१९ संक्रमित ३ वर्षीय बालक गुम्दीमा ५० दिन बसेर काठमाण्डौ गएपछि उनि बसोबासक्षेत्रमा स्वाब कलेक्सन गरि आवतजावत नगर्न अनुरोध समेत गरिएको छ । संक्रमितका हजुरबुबा गुम्दी स्वास्थ्य चौकीमा कार्यरत रहेकाले उनी लमजुङको सुन्दरबजारबाट आमासहित चैत ९ गते गुम्दी आएका थिए ।

५० दिन यता बसेपछि वैशाख २९ गते काठमाडौं गएका थिए । काठमाडौंमा घरधनीले कोरोना परीक्षण नगरी घरभित्र पस्न नदिएपछि कोभिड–१९ जाँच गर्दा बालकमा संक्रमण पुष्टि भएको थियो ।

बालकसंगै रहेकी आमालाई भने कोभिड– १९ देखिएको छैन। संक्रमित बालक, उनका हजुरबुबाको सम्पर्कमा आएकाहरू, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न टोली खटाइएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ। ।

संक्रमित रहेको कोठा वरपरका मानिस, परिवार नजिकका नातेदारहरुको लगत संकलन कार्य भइरहेको र सो को नतिजा बमोजिम स्वाव संकलन रअन्य काम गरिने गंगाजमुना गाउँपालिका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो । बिहिबार १७ जनाको स्वाब संकलन गरिएको रउनिहरुको रिपोर्ट आएपछि मात्र यसक्षेत्रलाई नतिजाको आधारमा स्वास्थ्य चौकी संचालन गरिने अधिकारकिो भनाइ छ ।

पिसिआर रिपोर्ट नआउन्जेल ओपिडी सेवा बन्द

बुधबारबाट ओपिडि सेवा बन्द गरिएको धादिङ अस्पताल धादिङमा कार्यरत ७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटि पोजेटिभ देखिएको छ ।

बुधबार अस्पतालमा कार्यरत ७९ स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट गरिएको कोरोना परीक्षणमा ७ जनामा आरडिटि पोजिटिभ देखिए सँगै पिसिआर रिपोर्ट नआउन्जेल ओपिडी सेवा बन्द हुने जिल्ला अस्पताल धादिङले जानकारी गराएको छ ।

बुधबार अस्पतालले एक बिज्ञप्ती निकाल्दै आरडिटि पोजिटिभ देखिएकाको पिसिआर परिक्षणको लागी बिहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको छ ।

आरडिटि पोजेटिभ देखिएको सबैको अबस्था सामान्य रहेकोे र उनिहरुलाई आइसोेलेसनमा वार्डमा राखिएको अस्पतालका सुचना अधिकारी विक्रम बिकले बताउनुभयो । उनीहरुको पिसिआर परिक्षणको नतिजा प्राप्त नभएसम्म ओपिडी सेवा बन्द हुने जानकारी गराइएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अग्रपंत्तिमा कार्यरत अस्पतालका कार्यालय प्रमुख देखी कार्यालय सहयोगी समेतको परिक्षण गरिएको थियो ।

देशभर कोरोना भाईरस संक्रमितको सख्या बढिरहेको र स्वास्थ्यकर्मीहरुमा समेत सक्रमण देखिन थालेपछि जिल्ला अस्पतालले आफ्नो मातहतका स्वास्थ्यकर्मीहरुको कोरोना भाईरसको आडिटि परिक्षण गरिएको हो ।

धादिङ अस्पतालको ओपिडिसेवा बन्द भएपछि दैनिक अस्पताल आउनेहरुले समस्या भोग्नु पर्ने भएको छ। निजि स्तरमा संचालित अस्पतालले विरामी समेत परिक्षणमा वेवास्ता गरेपछि कोरोना महामारी आएको बेला धादिङबेसीमा धादिङ अस्पतालमात्र संचालनमा छ।

 

प्रतिक्रिया दिनुहोस्