कृषि तथा घरेलु उद्योगमा साना जलविद्युत् आयोजना आवश्यक



काठमाडौं, (नेस)

कोरोनाको कहरका कारण उत्पन्न संकटमा साना जलविद्युत् आयोजनालाई उपयोग गर्दै कृषि, घरेलु तथा साना उद्योग सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न सरोकारवालाहरूले तयारी गर्नुपर्ने राय पनि विज्ञहरूको छ ।

सरकारले आगामी बजेटमा नै व्यवस्था गरेर सरकारी स्रोतबाट र वित्तीय संस्थाबाट ऋण उपलब्ध गराउनुपर्ने, सामाजिक आर्थिक उपयोगिताको सही मूल्यांकन गर्दै उचित वातावरण निर्माण गर्नुपर्नेमा उनीहरू जोड छ ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघले आयोजना गरेको ‘वेबिनार’मा विद्युत् नियमन आयोगका सदस्य डा. रामप्रसाद धिताल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारी, इप्पानका उपाध्यक्ष कुमार पाण्डे, ऊर्जाविद् डा. विश्वभूषण अमात्य र बैंकर भरत ढकालले साना तथा लघु जलविद्युत् आयोजनाको समस्याहरू समाधान गर्दै उद्यमीलाई पुर्याउन र उत्पादनमूलक क्रियाकलापमा विद्युत् खपत बढाउन विभिन्न उपाय अवलम्बन गर्न सकिने राय दिएका छन् ।

उक्त कार्यक्रममा सूर्यप्रसाद अधिकारी, नारायण पौडेल र कृष्णप्रसाद देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएकोे थियो । कार्यक्रममा परिसंघका अध्यक्ष गुणराज ढकालले स्वदेशी पूजी, सीप अनुभवको उपयोग गर्दै नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन गर्न सकिने र ग्रामीण भेगमा कृषि तथा औद्योगिक प्रयोजनका लागि यस प्रकारका नवीकरणीय ऊर्जा प्रविधि विकासका लागि सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्