विश्व पौडी च्याम्पियनसिप सर्‍यो



लन्डन, एजेन्सी ।

कोरोना भाइरसको महामारीका कारण विश्व पौडी च्याम्पियनसिप एक वर्ष सारिएको छ ।संयुक्त अरब इमिरेट्सको आबुधावीमा गत डिसेम्बर १५ देखि २० सम्म तय भएको प्रतियोगिता १ बर्ष पछि सारिएको हो ।

अन्तराष्ट्रिय स्विमिङ फेडेरेसन फिनाले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रतियोगिता एक वर्षपछि गरिने जानकारी गराएको छ ।आयोजकसँग सहकार्य गरि २०२१ को डिसेम्बर १३ देखि १८ सम्म प्रतियोगिताको नयाँ मिति घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्