प्रहरीको कुटाइबाट एक जनाको हात भाँचियो



सीताराम अधिकारी,धादिङ ।

धुनीबेसी नगरपालिका वडा नम्बर-९ टायलघरका ५१ वर्षीय जनक कुमार केहीले प्रहरीले जेठ ७ गते राती कुटपिट गर्दा हात भाँचिएको टायलघरका बिक्रम जंग रानाले जानकारी दिनुभयो

टायलघरमा रहेको युनइटेड सिमेन्ट उद्योगका कारण सवारी साधन आवत जावत गर्ने तराइका जिल्लाबाट कच्चा पदाथ ल्याउँदा कोभिड १९ को जोखिम बढेको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

स्थानीयले विरोध जनाएको आरोपमा नेपाल प्रहरीको टोलीले लाठी हान्दा केशी घाइते भएका हुन् । घाइते शिव दर्शन अस्पताल धार्केमा उपचार भएको छ ।टायलघरबासीले तराइका जिल्लाबाट ल्यइएको सामाग्री र सो सवारीमा आउने चालक तथा सहचालकहरुले गाउँमा कोरोना भाइरस संक्रम फैलन सक्ने भएकोले उद्योगले सुरक्षाका उपाय अपनाउन माग गर्दै विरोध जनाएका हुन् ।

यसैबिच उद्योग जनप्रतिनिधि र प्रहरी बिच खानीखोलामा भएको वार्तामा उद्योगले कोरोना भाइरसबाट बच्ने सबै उपाय अपनाएर मात्र उद्योग संचालनको सहमति भएको छ ।

तस्वीर : सांकेतिक/ईन्टरनेट

प्रतिक्रिया दिनुहोस्