दुई किशोरीको हत्या हत्या गरेको अभियोगमा एक पक्राउ



इस्लामावाद, (एजेन्सी) ।

पाकिस्तानमा दुईजना किशोरीको हत्या गरेको अभियोगमा एकजना पुरुषलाई विहिवार प्रहरीले पक्राउ गरेको छ ।

ति दुई किशोरीलाई एकजना पुरुषले चुम्वन गरिरहेका भिडियो फुटेज सामाजिक सजालमा भाइरल भएपछि परिवारको प्रतिष्ठाका लागि तिनीहरुको आफ्नै परिवारका सदस्यले हत्या गरेको प्रहरीले जनाएको छ ।

मुहम्मद अस्लम नामक यि पुरुषले १८ र १६ वर्षिया किशोरीलाई गोली हानेर हत्या गरेका हुन् । प्रहरीले आफ्नै फोनबाट सो भिडियो बनाउने युवक र पिडित महिलाका नातेदारहरुलाई पनि हिरासतमा लिएको छ ।

मानव अधिकारवादी समुहहरुले पाकिस्तानमा महिलाहरु विरुद्ध हुने हिंसा गम्भीर समस्याका ेरुपमा रहेको बताउँछन् । ति किशोरीको खाइवर पाखतुनख्वा प्रान्त उत्तर दक्षिणी वाजिरस्तान आदिवासी जिल्लाको सिमानामा रहेको गार्योम क्षेत्रको साम्पलान गाउँमा गत साता हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्