चीनमा कोरोना भाइरसको नयाँ स्वरुप देखापर्‍यो



बेइजिंग (एजेन्सी) ।

चीनमा कोरोना भाइरसका नयाँ विरामीहरुबाट गम्भिर संकेत देखिरहेको छ । यी नया विरामीमा भाइरस फरक तरिकाबाट ब्यवहार गरिरहेका छन् । यसले भाइरस लगातार आफनो स्वरुप परिवर्तन गरिरहेको छ भन्ने थाहा हुन्छ ।

नयाँ विरामी ठीक हुनमा अझ धेरै समय लाग्ने गरेको र उनीहरुको भित्र लामो समयसम्म कोरोना भाइरसका विषाणु रहने गरेको स्वास्थ्य विज्ञहरुले बताए । एक वरिष्ठ डाक्टरले चीनको जिलिन र होइलांगजिआंग इलाकामा विरामीको शरीर भित्र लामो समय कोरोनाका भाइरस रहने गरेको बताए । त्यति मात्र होइन वुहानमा जति समय विरामी ठीक हुन लागेको थियो, त्यो भन्दा धेरै बढी यी नयाँ विरामीले लिइरहेका छन् । नेसनल हेल्थ कमिसन एक्सपर्ट ग्रुपका सदस्य क्यु हेइबोले विरामीमा ज्वरोको लक्षण अत्यन्तै कम देखिएको बताए । भाइरसले अन्य अंगको तुलनामा उनीहरुको फोक्सोमा धेरै नोक्सान पुर्याइरहेको छ ।

यसबीच चीनको दुई उत्तर पुर्वी प्रान्तमा हालैका दिनहरुमा कोरोना भाइरसको नयाँ संक्रमणका घटना देखिएपछि यस महामारीको दास्रो वेब आउने खतरा बढेको छ । विरामी ठीक हुन धेरै समय लाग्ने गरेको र यसबाट एक विरामीबाट अर्को विरामीमा भाइरस प्रसारको खतरा झन बढेको हेइबोले बताए । यसता संक्रमित जब आफनै परिवारसँग हुन्छ , त्यतिबेला कोरोनाको ध्यान दिइरहेको हुँदैन , जसले पुरै परिवार कोरोनका संक्रमणको चपेटामा आइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्