सेक्स डललाई दर्शक बनाउने फुटबल क्लबलाई जरिवाना



सियोल, एजेन्सी ।

दक्षिण कोरियाको शीर्ष घरेलु फुटबल प्रतियोगिता ‘के’ लिग कमिटीले प्यारापिटमा सेक्स डललाई दर्शकको विकल्पको रुपमा राखिएकोमा सियोल फुटबल क्लबलाई जरिवाना गरेको छ ।

के लिग अन्तर्गत गत आईतबार ग्वाङ्गजु एफसीसँगको खेलको दौरान एफसी सियोलले प्यारापिटमा म्यानिकोएर अर्थात् कृत्रिम यौन महिला पुत्ला सेक्स डल राखेको कारण एफसी सियोललाई जरिवाना गरिएको हो ।

केु लिग कमिटीले ३८ वर्ष लामो लिगको ईतिहासमा लैङ्गिक विभेदमा ठेस पुर्याएको भन्दै एफसी सियोललाई ८१ हजार अमेरिकी डलर जरिवाना तोकको छ । एफसी सियोल २०१६ सिजनको च्याम्पियन समेत हो ।

बिहिबार के लिग कमिटीले एक विज्ञप्ति जारी गर्दै क्लबहरु संवेदनशिल हुन आवश्यक रहेको र क्लबहरुबाट खेलको प्रतिष्ठामाथि आँच आउने कार्य असह्य हुने उल्लेख गरिएको छ ।

एफसी सियोलको उक्त कार्यका कारण महिला समर्थकहरुको अपमान भएको भन्दै सामाजिक सञ्जालहरुमा पनि ब्यापक आलोचना भएपछि भोलिपल्टै सबै समर्थकहरुसँग क्लबले सार्वजनिक रुपमा माफी समेत मागेको थियो ।

कोरोना महामारीका कारण गत फेब्रुअरीमा रोकिएको के लिगको नयाँ सिजन मे को पहिलो सातबाट सूचारु भएको हो । महामारीका कारण लिगमा दर्शकहरुलाई स्टेडियममा प्रवेशमा रोक लगाईएपछि त्यसको विकल्पको रुपमा सेक्स डल प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्