कोराना महामारीका कारण विश्वको ६ करोड जनसंख्या गरीबीको चपेटामा



न्युयोर्क, (एजेन्सी) ।

विश्व बैंकका अध्यक्ष डेविड माल्पासले बुधवार कोराना भाइरस महामारीका कारण विश्वमा कमितमा ६ करोड मानिस अति गरिबीको चपेटामा पुग्ने चेतावनी दिएका छन् । उनले हरेक मुलुक विशवाव्यापि महामारीसंग संघर्षरत रहेको वर्तमान स्थितीको कारण विश्वको आर्थिक वृद्धिदर ५ प्रतिशतमा खुम्चिने पनि बताएका छन् ।

यस महामारीको कारण अहिले नै लाखौं मानिसले रोजगार गुमाउनुका साथै व्यापार व्यवशाय खस्किँदै गइरहेको छ । विशेषगरी गरिब मुलुकहरु नराम्ररी प्रभाबित भएका छन् । माल्पासले भनेका छन् , ‘ करोडौं आयश्रोत ध्वस्त भइसकेका छन् भने विशवभरि स्वास्थ स्याहार प्रणाली पनि नजुक अवस्थामा पुगेको छ ।

अहिलेको धवस्त आर्थिक स्थितीले विगत तीन वर्षमा गरिबी उन्मुलनका लागि गरिएका प्रयासहरु अर्थहिन हुन पुगेक छन् । ’ विश्व बैंकको परिभाषा अनुसार ‘ अति गरिबी ’ को सुचिमा प्रत्येक दिन एक दशमलव नब्बे अमेरिकी डलर कमाउने व्यक्तिहरु पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्