सबैभन्दा धेरै कोरोना संक्रमित भएकोमा ट्रम्प मख्ख



वासिंगटन (एजेन्सी)

राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित पुष्टी हुनुको अर्थ अमेरिकामा सबैभन्दा धेरैको यसको जाँच भएको छ भन्ने देखाएको बताए । अमेरिकामा अहिले सम्म १५ लाख भन्दा बढी संक्रमित पुष्टि भइसकेको छ भने ९१ लाख भन्दा बढीको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धरै संक्रमण अमेरिका मै देखिएको छ भने सबैभन्दा बढी मृत्यु पनि यहीँ भएको छ ।

संक्रमित संख्या धेरै हुनु अमेरिकामा जाँच धरै चुस्त रहेको आफुले ठानेको ट्रम्पले बताए । कोविड १९ को संक्रमण फैलिएपछि पहिलो पटक मन्त्रिमण्डलको बैठकमा ट्रम्पले उक्त कुरा राखेका हुन् ।

ट्रम्पले भने ( त्यसैले मेरो विचारमा यो गर्वको कुरा हो । निश्चित रुपमा यो एक सम्मान हो ।

संघिय एजेन्सी रोग नियन्त्रण केन्द्रका अनुसार अमेरिकामा मंगलबारसम्म १ करोड २६ लाख जाँच भइसकेको छ । डेमोक्र्याटिक नेसनल कमिटीले राष्ट्रपतिको बयानको आलोचना गर्दै ट्विट गरेकोछ । ट्विमा अमेरिकामा कोविड १९ का १५ लाख संक्रमित हुनु नेतृत्वको पुर्ण असफलता भएको उल्लेख गरेको छ ।

ल्याटिन अमेरिकी मुलुकहरुमा यात्रा प्रतिबन्ध लगाउन सकिने विषयमा सोधिएको प्रश्नको जवाफमा कोरोना भाइरस संक्रमणका कारण आफु ल्याटिन अमेरिकी देशमा आवागमनमा रोक लगाउने विचारमा रहेको उनले बताए । अमेरिका र रुसपछि कोरोना भाइरस संक्रमण सबैभन्दा धरै ब्राजिलमा देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्