के गर्दैछ काभ्रेपलाञ्चोक जिल्लाको कमाण्ड पोष्ट !

३ सय ४२ बेडको क्वारेन्टाईन, १८ वटा आईसोलेसन



मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक घर भएकी २९ बर्षिया ११ दिनकी सुत्केरी महिलाको कोरोना भाईरसकै कारण निधन भए पछि काभ्रेपलाञ्चोक जिल्लाले संक्रमण फैलन नदिन थप सतर्कता अपनाएको छ ।

धुलिखेल अस्पताललाई सरकारले कोरोना परिक्षणको प्रयोगशाला बनाए सँगै दैनीक अस्पतालले कोरोना संक्रमण आशंका गरिएका ब्यक्तिहरुबाट संकलन गरिएका स्वावहरुको परिक्षण गरिरहेको छ । स्वाव संकलनकै कारण स्वास्थ्य मन्त्रालयले गर्ने कतिपय पत्रकार सम्मेलनका सूचनाहरुका कारण जिल्लामा भ्रम समेत उत्पन्न गराएको छ ।

‘जिल्लामा स्वाव परिक्षण मात्रै गरिएको हो तर कतिपय अवस्थामा जिल्लाकै नागरिक भनेर समाचार सार्वजनिक हुँदा त्रास फैलन गएको छ’–कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापन समिति कमाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो–‘स्वास्थ्य मन्त्रालयललाई यस बारे गम्भिर भएर ब्यक्तिको पहिचानका आधारमा बसोबास गरिरहेको स्थायी, अस्थायी ठेगाना वा अन्य केहि भएमा समेत जानकारी लिएर मात्रै सार्वजनिक गर्न अनुरोध गरेका छौं ।’

छिमेकी जिल्लामा भएको घटनाले जिल्लालाई थप सचेत र सजग गराएको प्रजिअ तिमल्सिनाले बताउनु भयो । मंगलबार साँझसम्म जिल्लामा कुनै नागरिक कोरोनाको संक्रमणमा नपरेको उहाँले बताउनु भयो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाबाट विभिन्न पहलकदमी तथा प्रयासहरु निरन्तर भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो ।

प्रजिअ तिमल्सिनाका अनुसार सुरक्षा निकाय, स्वास्थ्य कार्यालय काभ्रे, सबै स्थानीयतहहरु, राजनैतिकदलहरु, उद्योगी, व्यवसायी, यातायात व्यवसायी, संचारकर्मी, विभिन्न संघसंस्था सबैको एकिकृत प्रयासमा जिल्लालाई सुरक्षित बनाउने प्रयास गरिएको छ । अत्यावश्यक वस्तु तथा आपुर्ति सेवा सञ्चालनमा रहेको, अन्य क्षेत्रमा लक डाउन प्रभावकारी रुपमा कार्यान्वयन भएको उहाँले बताउनु भयो ।

नेपाल सरकारबाट जेठ २० गते मङ्गलबार मध्यरातसम्म पुन लकडाउनको अवधी थप गरेकाले सोको कार्यान्वयन प्रभावकारी रुपमा गर्ने जिल्ला सुरक्षा समितिबाट निर्णय गरिएको छ ।

भारत लगायत अन्य देशबाट जिल्लामा आएका व्यक्तिहरुको विवरण सम्बन्धित स्थानीय तहबाट अद्यावधिक गर्ने र निजहरुको स्थानीय तहको प्राथमिक स्वास्थ्य केन्द्रमा भएको आरडिटी परिक्षणलाई निरन्तरता दिने आरडिटी परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएमा तत्काm पिसिआर परिक्षणका लागि धुलिखेल अस्पताल पठाउने ब्यवस्था गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

लक डाउन अवधिभर औषधी, स्वास्थ्य सामग्री जस्ता अत्यावश्यक सेवाको उत्पादन तथा बिक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री वितरण, विकास आयोजनाहरुको सञ्चालन, आवश्यक निर्माण सामग्रीको ढुवानी र न्युनतम बैङ्किङ तथा वित्तीय सेवालाई सूचारु गर्न केन्द्रिय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेश स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग जिल्लास्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टर काभ्रेले आवश्यक समन्वय गरी सुरक्षाका मापदण्ड पुरा गरी, सामाजिक दुरी कायम गरी, संक्रमणको जोखिमको अवस्था मुल्याङ्कन गरी सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनु भयो ।

न्युन आय भएका दैनिक ज्यालादारीमा काम गर्ने घरपरिवारहरुलाई हालसम्म जिल्ला स्थित स्थानीय तहहरुबाट २० हजार ४ सय २८ घरपरिवारलाई प्याकेजमा राहत उपलब्ध गराइएको छ । बिदेशबाट आएका समेतको गरी १ हजार १ सय ५८ जना व्यक्तिहरुको आरडिटीबाट परिक्षण भएको र जम्मा १ हजार ८ सय ४४ जनाको पिसिआरबाट परिक्षण भइरहेकोमा १ सय ३६ जना जिल्लाका र १ हजार ६ सय ८८ जना शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट पठाइएका र २० जना अन्य जिल्लाका व्यक्तिहरुको स्वाबको परिक्षण भएकोमा २६ स्वाबको परिक्षण कार्य भइरहेको, ३७ जनाको पोजेटिभ रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

जिल्लाको धुलिखेल अस्पतालमा ८ बेड, बनेपा स्थित शिर मेमोरियल अस्पतालमा ५ वेड र बनेपा न.पा. स्थित नेपाल रेडक्रस सोसाइटी, काभ्रेमा ५ वेड गरी जम्मा १८ बेडको आइसोलेसन कक्ष रहेको छ साथै धुलिखेल न.पा. ७ स्थित संजिबनी माध्यमिक विद्यालयमा ६५ शैयाको क्वारेन्टाइन वेड, बनेपा न.पा. ६ स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा ५० शैयाको क्वारेन्टाइन वेड, पनौती न.पा.मा १० शैयाको क्वारेन्टाइन वेड, नमोबुद्ध न.पा. मा १८ शैयाको क्वारेन्टाइन वेड, पाँचखाल न.पामा ११ शैयाको क्वारेन्टाइन वेड., रोशीगा.पा. मा १० शैयाको क्वारेन्टाइन वेड, महाभारत गा.पा. मा ३५ शैयाको क्वारेन्टाइन वेड, मण्डनदेउपुर न.पा. मा १५ शैयाको क्वारेन्टाइन वेड, चौरीदेउरालीगा.पा. मा १५ शैयाको क्वारेन्टाइन वेड, भुम्लु गा.पा. मा ३० शैयाको क्वारेन्टाइन वेड, वेथानचोक गाउँपालिका १० शैयाको क्वारेन्टाइन वेड, तेमाल गाउँपालिका ६ शैयाको क्वारेन्टाइन वेड, खानीखोलागाउँपालिका १५ शैयाको क्वारेन्टाइन वेड र धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनको लागि ५२ बेडको क्वारेन्टाइन बेड सहित जम्मा ३ ुउ ४२ शैयाको क्वारेन्टाइन वेड तयारी अवस्थामा रहेको विष्णु दल गण धुलिखेलका गणपति प्रमुख सेनानी सुबास खड्काले जानकारी दिनु भयो ।

 

र याे पनि

संक्रमण फैलन नदिन थप सतर्कता(फाेटाेफिचर)

प्रतिक्रिया दिनुहोस्