भारतीय अतिक्रमण कहिलेसम्म ?



विभिन्न सञ्चारमाध्यमका समाचार सुन्दा भारतले नेपालको भूमि अतिक्रमण गरी रोड खनेर चीनसम्म जोडेको छ । हाम्रा देशको सरकार कहाँ हरायो, राजनीतिक दलका प्रतिनिधि अनि हामीले कर तिरेर पालेका जनप्रतिनिधि कता गाएब छन् ? भारतको हेपाहा प्रवृत्ति आज मात्र हैन सदियौंदेखि चलिरहेको छ । हुन त सीमा विवाद आजदेखि मात्र हैन, धेरै वर्षपहिलेदेखि आइरहेको छ । यी मुद्दा केवल चुनावको बेला मत माग्न र जित्नको लागि प्रयोग गरिन्छ ।

हामीलाई संकट परेको बेला छिमेकीले दुःख दिएको घटना यो मात्र हैन, भूकम्प जाँदा नाकाबन्दी गर्ने, संविधान बनाउने बेला मधेसलाई उचालेर आन्दोलन गराउनेदेखि आज कोरोनाको माहामारीमा सीमा मिचेर दुःख दिँदै आएको छ । केही नेताहरुले अनलाइनमा सीमाको बारेमा बोलेको पाइन्छ तर अनलाइनमा मात्र हैन, संसद् भवनमा गएर आफ्ना नेता अथवा अध्यक्षज्यूलाई भन्नुस् ।

तपाईं सक्नुहुन्छ भने ‘म सीमा विवादको नेतृत्व लिएर सीमामै गई भारतको विरुद्धमा लाग्छु, भारतीय सेनालाई भागाउँछु, अन्तर्राष्ट्रिय कानुनसम्म गएर नेपालको भूमि फिर्ता लिन्छु’ भन्न सक्नुप¥यो । त्यसका लागि हामीजस्ता लाखौं युवाहरु तयार छौं भारतसँग लड्न । हाम्रा वीर पुर्खाले जोगाएको नेपाली भूमि जगेर्ना गर्न अगाडि बढ सरकार, हामी बलिदान दिन तयार छौं ।
– उज्वल अधिकारी
मन्थली–२, कठजोर, रामेछाप/हालः खोटाङ ।

प्रतिक्रिया दिनुहोस्