मोटर बीमा नवीकरणमा छुट



insurance word on business folder showing risk management concept; Shutterstock ID 101696335; PO: Open Forum; Job: Financial Watch; Client: Federated Media

नेपाल समाचारपत्र, काठमाडौं ।

बीमा समितिले मोटर बीमा प्रिमियममा छुट दिन निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । लकडाउनको समयमा सवारीसाधन पूर्णरूपमा थन्किएका तथा आंशिक मात्र चलेकाले जोखिम पनि न्यून हुने भन्दै लकडाउन अवधिभरको बीमा शुल्क आगामी वर्ष नवीकरण गर्दा छुट दिन निर्देशन दिएको हो ।

समितिका अनुसार अब बीमितले सवारी साधनको कुल वार्षिक बीमा शुल्कको एक तिहाइ रकम थन्किएको अवस्थाको जोखिम लागत कट्टा गरी बाँकी दुई तिहाइमा समानुपातिक छुट पाउनेछन् ।

अर्थात् एक वर्षको कुल बीमा शुल्कमा ४ महिनाको अनिवार्य तिर्नुपर्ने र बाँकी रहेको ८ महिनामा जति दिन थन्किएको छ त्यतिदिनको प्रिमियम घटाएर तिर्नुपर्ने हुन्छ ।

सवारी साधन थन्किएको अवधि हिसाब गर्दा लकडाउन शुरू भएदेखि अन्त्य भएको दिनसम्म गणना गरिनेछ । यसरी प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष र यात्रु कर्मचारीको बीमालगायत जोखिम समँहको हिसाब गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्