कोरोनाले नवौं राष्ट्रिय खेलकुद अलमलमा



फिरोज राजोपाध्याय, काठमाडौं ।

नेपालमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यही वर्षको फागुनमा आयोजना हुँदै छ । गण्डकी प्रदेशमा फागुन २० गतेबाट नवौं राष्ट्रिय खेलकुद हुने मिति रहेको छ । तर हाल विश्वभरि कोरोना भाइरस महामारीले गर्दा सबैजसो क्षेत्रमा निकै असर गरिरहेको छ । नेपालमा पनि कोरोनाको संक्रमण बढ्दै गएपछि लकडाउनको समय पनि झन्डै झन्डै २ महिना हुन लागेको छ ।

नेपालमा कोरोनाको कारण कुनै पनि खेल अहिलेसम्म सञ्चालन भइरहेको छैन । खेलाडी, खेल पदाधिकारी, खेल संघका साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सुस्ताएको अवस्थामा छ । यसको असर दीर्घकालीनसम्म भइरहेमा तोकिएको मितिमा नवौं राष्ट्रिय खेलकुद नहुन सक्छ ।

यस विषयमा नेपाल समाचारपत्रलाई राखेपका सदस्य राजेश गुरुङले नवौं राष्ट्रिय खेलकुद अहिलेसम्म नहुने भन्ने सँचना नआएको बताउनुभयो । जिल्ला खेलकुदका संयोजकसमेत रहनुभएका गुरुङले बताउनुभयो– ‘अहिलेसम्म प्रतियोगिता नहुने भन्ने कुनै सँचना आएको छैन । फागुनमा हुने भएकाले आयोजना हुनेमा सदस्यसचिवलगायत सम्पँर्ण राखेपका पदाधिकारीको विश्वास रहेको छ । तर असर बढी रहेमा भने प्रतियोगितामा पनि असर हुनेछ । अहिले नै यस्तो हुन्छ भनेर भन्न पनि सकिँदैन । कोरोना कति समयसम्म रहने नै कसैलाई थाहा छैन ।’
गत मंसिरमा १३औं दक्षिण एसियाली खेलकुदका केही खेल पोखरामा सम्पन्न भएका थिए । सो प्रतियोगिता सफलताका साथ सम्पन्न गरेपछि पोखरा अर्को ठँलो प्रतियोगिता गर्न गइरहेको छ । सोही समयमा पोखरामा खेलका लागि धेरै भौतिक पँर्वाधार बनिसकेको छ । अब नवौं राष्ट्रिय खेलकुद आयोजना गर्न पँर्वाधारमा अल्मलिने अवस्था पनि छैन । गत वर्ष वैशाखमा नेपालगन्जमा हुँदा रातारात भौतिक पँर्वाधार बनाउनुपरेको थियो । तर पोखरामा त्यो अवस्था छैन र रमणीय पर्यटकस्थलमा प्रतियोगिता आयोजना गर्न तयार रहेको छ ।
१३औं सागकै बेला पोखरा रंगशाला १ अर्ब २५ करोड रुपियाँको लागतमा बन्न थालेको हो । अहिले त्यहाँ ब्याडमिन्टन, टेबलटेनिसदेखि लिएर सबै खेल खेल्न हुने गरी सो रंगशाला बनिरहेको छ । लकडाउनको कारण काममा ढिलाइ भइरहेको छ । गुरुङले प्याराफिटमा केही काम बाँकी रहेको बताउनुभयो । पोखरामा अरू खेलका लागि भौतिक पँर्वाधार बन्दै छन् । स्विमिङ पुल, फेन्सिङलगायत केही खेलका लागि भने पँर्वाधार बनिरहेको गुरुङ बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘अहिले विश्वभरि नै कोरोनाको कारण लकडाउन भएको अवस्था छ । तापनि हामीले यस्तो समयमा पनि बाँकी रहेको पँर्वाधार निर्माण गर्दै छौं । लकडाउनले गर्दा केही ढिला पनि भइरहेको छ ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना बजेटमा पनि भर पर्ने हुन्छ । अहिले कोरोनाको असरले नेपाल सरकारले कस्तो बजेट ल्याउँछ त्यो पनि हेर्नुपर्ने उहाँको भनाइ रहेको छ । उहाँले भन्नुभयो– ‘बजेट कस्तो आउँछ, प्रतियोगता आयोजना गर्न बजेटमा पनि भर पर्नुपर्छ । कोरोनाले गर्दा बजेट खेलकुदका लागि कति छुटिन्छ त्यसमा पर्खनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्