इङ्गलिस प्रिमियर लिगका ६ खेलाडीमा कोरोना



लन्डन, एजेन्सी।

इङ्गलिस प्रिमियर लिग सुचारु गर्ने तयारी चलिरहँदा ६ खेलाडीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । मंगलबार प्रिमियर लिगले एक बिज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।

१९ वटा क्लबका ७ सय ४८ जना खेलाडी र सहयोगीहरुमा गरिएको कोरोना परिक्षणपछि ६ जना संक्रमित फेला परेको प्रिमियर लिगले जनाएको छ । संक्रमण खेलाडी वा स्टाफमा देखिएको खुलाइएको छैन। संक्रमित ६ जना नै सेल्फ आइसोलेसनमा बस्ने छन् ।

प्रिमियर लिगमा ५ सय १२ व्यवसायिक खेलाडीहरु रहे पनि सात सय ४८ जनाको परिक्षण गरिएको हो । सोमबार मात्रै प्रिमियर लिगका २० क्लबहरुले गत मार्च ९ बाट स्थगित यस सिजनका ९२ बाँकी म्याच खेलाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्