कोरोनाको भयसँगै किसानलाई कामकै चिन्ता



विश्व कोरोना महामारीबाट घायल अवस्थामा रन्थनिएको छ । नेपालमा पनि कोरोनाको कहर दिनानुदिन चुलिँदै गएको छ । यस्तैमा लकडाउन लगातार बढिरहेको छ । देभमा भोकमरीको अवस्था आउने सम्भावना छ । यस्तोमा जताततै कृषिको चर्चा चुलिएको छ । लकडाउन र कोरोना महामारीका बीच पनि किसानहरुमा बीच खेतीपाती लगाउने चटारो छ । किसानहरू खेतमा व्यस्त छन् ।

लकडाउनको कारण केही समयका लागि सुस्ताएको भन्दै किसानले खेतबारीको कामलाई प्राथमिकता दिएका छन् । धानको बीउ छर्ने, सिंचाइका लागि कुलो खन्ने, मलको व्यवस्थापन गर्ने काममा किसानहरू व्यस्त छन् । अब खेतीपातीको काम सकेर भोकमरीबाट देश बचाउने दायित्व कृषकको काँधमा छ । असार पहिलो साताभित्रै खेतको काम सक्ने बेला कतै ढिला त हुने हैन ? भय छ । किसानले कोरोनाबाट बच्नुका साथै खेतीपाती पनि गर्नुपर्ने बाध्यता छ ।

धानको बीउ छर्ने, खेतका गरा बनाउने काममा नलागे वर्षभरि खान धौ–धौ हुन्छ । त्यसमा पनि खेतमा व्यस्त हुने समयमा सरकारले लकडाउनकोको म्याद थपिरहँदा किसानलाई समस्यामा पारेको छ । जेठ अन्तिम साताबाट धान रोपाइँको चटारो हुन्छ । लकडाउनमा घरभित्रै बस्ने कि धान रोप्नतिर लाग्ने ? के गर्नु ? काम नगरी खान पाइँदैन ।
– सुरज चौधरी, बर्दिया ।

 

प्रतिक्रिया दिनुहोस्