फ्रन्टलाइनमा खटिएका पत्रकारको कोरोना परीक्षण (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल पत्रकार महासंघको आयोजनामा समाचार संकलन र प्रवाहका लागि निरन्तर खटिरहेका पत्रकारहरुको कोरोना परीक्षण गरिएको छ ।

कोरोना संक्रमणको मात्रा बढ्दै गएपछि संक्रमित इलाकाहरु तथा क्वारेन्टाइन र अस्पतालमा पुगी संक्रमित तथा चिकित्सकहरुको स्थिति बुझ्ने क्रममा केही पत्रकारहरु संक्रमित भेटिएपछि महासंघलले उक्त कार्यक्रम आयोजना गरेको हो । दिनरात फिल्डमा खटेका पत्रकारमध्ये पहिलो चरणमा केही पत्रकारहरुको पीसीआर प्रविधि मार्फत परीक्षण भएको छ । परीक्षको परिणाम आउन भने बाँकी छ ।

अग्रमोर्चामा खटिएका चिकित्सक, सुरक्षाकर्मी तथा पत्रकारहरु संक्रमणको पहिलो निसानामा पर्ने कुरालाई ख्याल गरी पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले उक्त पहल कदमी लिएको हो ।

तस्वीर : अनिल आङदेम्बे/ उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्