फिफाको च्यारिटी म्याच खेलाउने योजना



ज्यूरिच, एजेन्सी ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट प्रभावितका लागि च्यारिटी म्याच खेलाउने योजनामा रहेको बताएको छ ।

फिफाले कोरोनाबाट बच्न आर्थिक रकम संकलन गर्ने मनसायले च्यारिटी म्याचको तयारी गरेको बताइएको छ ।फिफा अध्यक्ष जियानी इन्फान्टिन्होले कोरोनाविरुद्ध फिफा पनि एकजुट हुन चाहेकोले च्यारिटी म्याच गरी त्यसबाट संकलन हुने आम्दानीबाट आर्थिक सहयोग गरिने बताएका हुन् । च्यारिटी खेल कहाँ र कहिले गराउने बारेमा भने फिफाको आगामी बैठकमा छलफल हुने उल्लेख गरिएको छ । खेलबाट उठेको रकम के कसरी सहयोग गर्ने भन्नेबारेमा पनि उक्त बैठकमा छलफल हुनेछ ।

कोरोनाको संक्रमण केही कम भएपछि सबै स्वास्थ्य सम्बन्धि नियमको पालना गरेर मात्र च्यारिटी खेल आयोजना गर्ने फिफा फाउण्डेसनका कार्यकारी निर्देशक यूरी जोर्कफले बताएका छन् । उनले म्याचको आयोजना स्थल, मिति, खेल्ने टिमहरुको जानकारी उपयुक्त समयमा घोषणा गर्ने भनेका छन् । फिफाले च्यारिटी खेलबाट कोरोनाको मारमा परेको फुटबल जगतलाई संगठित रहन पनि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्