अबको समय नेपालका लागि चुनौती



पुरुषोत्तम अधिकारी ।

विश्व परिवेशमा हाल चलिरहेको महामारीको रुपमा फ़ैलिएको कोभिड १९ ले सम्पूर्ण गतिविधिहरुमा देखिएको स्थगनले पर्न गएको विषम परिस्थितिलाई समयमै निग्रानी र नियन्त्रण गर्न सकिएन भने यसबाट जनता र ऊनिहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विकराल समस्या पैदा भै त्यसबाट समाज र राज्यले नराम्रो मूल्य चुकाउनु पर्ने अवस्थाको सृजना हुनबेर छैन ।

सामाजिक,राजनैतिक लगायत सबभन्दा बढी मार आर्थिकमा पर्न गै त्यसबाट उत्पन्न हुन सक्ने विविध समस्यालाई नियन्त्रण गर्न नसक्ने अवस्था आइ राज्यको स्वरूपनै परिवर्तन हुनसक्छ ।यो त विश्व आर्थिकक्रान्तिको रूपमा आउन सक्ने स्वरूपबाट अगाडि बढिरहेको देखिन्छ ।

नेपाल विकासोन्मुख देशको घेराभित्र राखेर हेर्दा यसका आफ्नै उद्योग नभएको भएता पनि त्यसका लागि पर्याप्त कच्चापदार्थ आफैं उत्पादन गर्न नसकिने अवस्थालाई मध्यनजर राख्दा पनि हामी आफ्नो खुट्टामा उभिन सक्षम देखिदैन ।कच्चापदार्थ प्रशस्त भएता पनि आर्थिक अभावको कारणले सहि सदुपयोग र उत्पादनमा आएको समस्यानै हाम्रा लागि विकराल समस्याको रुपमा देखापर्न सक्छ ।

समयमै समस्या पर्न सक्ने र पार्न सक्ने तत्वहरूको क्षेत्रहरूलाई पहिचान गरि हल गर्न सकिएन भने चारैतिरबाट यसको समस्या पैदा भै समाजको संरचनानै फेरबदल हुन सक्ने अवस्थालाई मध्यनजर गरि समयमै यसलाई हल गर्न सक्ने बैकल्पिक उपायहरुको खोजी गरि तततत निकायहरुलाई खाका तयार पारि विभागीय जिम्मेवारी सुम्पनु आजको अपरिहार्य आवश्यकता देखिन्छ ।कम्जोर अवस्थामा पक्ष विपक्ष एक भै सङ्गठित हुने हाम्रो संस्कारको विकास नभएकोले पनि जुन बेला कमजोर भै समस्या सिर्जना हुन्छ त्यै बेला आक्रमणको सिकार बन्दछ। त्यसबाट निस्कने नतिजा विकराल रुपमा बिस्तार भै अन्तर कलह सिर्जना हुने र त्यसैबेला वाह्य आक्रमणको हस्तक्षेप सुरु हुन थाल्दछ।राज्य सबल र सक्षम बनाउन सक्दा मात्रै आन्तरिक तथा वाह्य तत्वहरुबाट मुक्त पाउन सकिन्छ।त्यसकालागी राज्यभित्रका सबै सम्यन्त्र चुस्त, दुरुस्त ,सबल, सक्षम अनि एकीकृत संस्कारको गर्न र गराउन सक्नुनै आजको आवश्यकता हो।

उत्पादन तथा वितरणमा समस्य 

मानिससङ्ग प्रत्यक्ष सरोकारका विषय आधारभुत आवश्यकताको (गाँस, बाँस, कपास ,शिक्षा र स्वास्थ ) प्रत्याभूत गर्नसक्नु आजको प्रथम दायित्व हो।तर त्यसको लागि तयार पार्नुपर्ने पूर्वाधार आजको अवस्थामा सम्भावना अत्यन्तै न्यून छ। लगानीका हिसाबले पनि कोरोनाभाइरस ( कोभिड १९) ले कण कणमा थिलथिलो पारिरहेको अवस्थामा आर्थिक अवस्था जरजर अवस्थामा छ। सहुलियतका कुराहरु गर्न सकिन्न, अनुदानका स्रोतहरुको मुहान सुकेको अवस्था छ।जतासुकै स्रोतमा खडेरी लागेको छ।नयाँ योजनाको सम्भावना न्यून छ।

समाजमा रहेका जनताको रुचि ,इच्छा र चाहना अनुसारका योजनामा समाहित गराउन सकिएन भने अबको समाजमा आमूल नकारात्मक परिवर्तन ल्याउन सक्छ ।उनीहरुको समायोजन, उनीहरुलाई उपान्तरण र यस विषम परिस्थितिले सिर्जना गरेको मानसिक तनावलाई प्रभावकारीढंगले उत्पादनमा सहभागि गराइ त्यसको लागि चाहिने सम्पूर्ण पूर्वाधारमा समन्वयकारी भूमिका निर्वाह सरकारी निकायबाट गरिदिनुपर्छ ।अन्यथा त्यसपछिका परिणाम झन विकरालरुपमा बल्झिराख्दछ र सामाजिक विकृतिमा स्वत वृद्धि हुँदै जान्छ।

जबसम्म समाजमा राज्यका निकायहरू व्यवस्थित ढङ्गले नयाँ नयाँ सोचका साथका साथ विभिन्न आर्थिक गतिविधिहरुमा सहभागिता गराउने वातावरण सिर्जना गर्न सक्दैन ।त्यसपछिका दिनहरू समाज र राज्यकोलागि अनुकूल नहुने र त्यसले भयावह अवस्था निम्त्याउन सक्छ।त्यसकारण पनि मानिसका नैसर्गिक अधिकारका लागि पूर्वाधार तयार पार्ने काम राज्यको र राज्यभित्रका सम्पूर्ण निकायहरू को उत्तरदायित्वभित्र राखी चलायमान बनाउन उचित वातावरणसहित लगानी ,उत्पादनमुखी वातावरण,उत्पादन भएका उत्पादित वस्तुहरुलाई वितरणको उचित वातावरण सिर्जना गरिदिनुपर्छ र त्यसकालागि लगानी तथा सुरक्षाको प्रत्याभूति गराइदिनुपर्दछ।

पूर्वाधार व्यवस्थापनमा समस्य 

हालको विषम परिस्थितिबाट मुक्त पाउन तत्कालै अत्यन्तै जटिल देखिन्छ।विश्व कोरोनाभाइरस९कोविड(१९०ले आक्रान्त पारिरहेको यस परिस्थितिमा भएभरको आर्थिक पक्षसङ्ग सरोकार राख्ने सबै बेकामे हुन जान्छ।

पूर्वाधारको व्यवस्थापन अत्यन्तै जटिल छ।यसको व्यवस्थापनका लागि मूल स्रोत आर्थिक हो।आर्थिक बिनाको पूर्वाधार तयारी हुन्न र कुनैपनि नयाँ आर्थिक क्रियाकलापको सिर्जनाको परिकल्पना गर्न सकिन्न।थला परिरहेको आर्थिक लगायत मानवस्रोत अहिलेको अवस्थामा तुरुन्तै परिचालन गर्नका लागि आजैदेखि सम्बन्धित निकायसङ्ग परामर्शको थालनी हुनु आवश्यक छ।पूर्वाधार व्यवस्थापनको उचित वातावरणबिनाको नयाँ सुरुवात गर्न सकिन्न ।आजको विषम परिस्थितिमा स(साना व्यवस्थापनमा बढी ख्याल राख्नुपर्दछ जसबाट आर्थिक मेरुदण्डको रुपमा रहेका श्रमलाई स्थानीयस्तरमै व्यवस्थापन गर्न सकिन्छ र त्यो नै आजको उत्तम विकल्प हो।

रोजगारीका समस्या 

अत्यन्तै जरजर अवस्थामा रहेको आर्थिक अवस्थाबाट मुक्ति पाउन स-साना आर्थिक गतिविधिहरुलाई प्राथमिकतामा राख्नुपर्दछ।
अनिमात्र आर्थिकवृद्धिको स्वरूपमा परिवर्तन गर्न सकिन्छ ।त्यसपछि विस्तारै आर्थिक विकासको खाका तयार पार्ने कामको प्रक्रिया अगाडि बढ्छ। स-साना आर्थिक गतिविधिले बढी भन्दा बढी रोजगारीको अवसरहरुको सिर्जना हुन्छ र वेरोजगारी व्यवस्थापनमा मलजल मिल्छ।नत्र कमजोर आर्थिक अवस्था रहेको अवस्थामा विश्व मानचित्रमा बेरोजगारी समस्याले नै समाज र राज्यको स्वरूपनै परिवर्तन भएको प्रशस्त उदाहरण छन।

विश्वमा रहेका नेपालीहरुको उचित व्यवस्थापन गर्न आजको विषम परिस्थितिमा अत्यन्तै कठिन छ।विकसित देशबाट फर्कनेक्रम अत्यन्तै न्यून छ।तर जो जो जागिरेको रुपमामात्र विदेश गएका छन आजको विषम परिस्थितिमा सबै फर्कने क्रममा छन। तिनीहरुको उचित व्यवस्थापन अत्यन्तै कठिन छ। आजको मूलमुद्दा नै यसैमा अल्झिरहन सक्छ। आर्थिक रुपले जरजर रहेको अवस्थामा कुनै पनि आर्थिक संरचनाले गति लिन सक्दैन  ।उद्योग, कलकारखाना, पर्यटन, कृषि जस्ता आर्थिक वृद्धि र विकासका मेरुदण्डको रुपमा रहेका चिजलाई प्राकृतिक सम्पदाहरूको सहिढङ्गले अधिकत्तम उपयोग गर्न नसक्दा सबै क्षेत्रमा प्रभावित पर्न गै सबै क्षेत्र लथालिङ्ग हुने सम्भावना टड्कारो छ।यसको प्रमुख कारण आर्थिक पाटो र मानसिक समस्य नै हुनजान्छ।

प्रतिक्रिया दिनुहोस्