खेलक्षेत्रमा कोरोनाको नोक्सान धेरै



विश्वभरि कोरोना भाइरसको असर अझै गाढा रूपमा देखिरहेको छ। यसले नेपालसहित विश्वका खेलकुद नै डाँवाडोल बनाइदिएको छ। परिणाम खेलाडीहरूले खेल्न पाइरहेका छैनन्, यसले प्रशिक्षकहरूलाई पनि विश्राम गर्न परिरहेको छ। सबै जना घरमै लकडाउन भएर बस्नुपरेका छन्। कोरोनाको कारण सबैजसो खेललाई आर्थिकरूपमा पनि नोक्सान बनाएको छ। सबैभन्दा बढी नोक्सान भनेको ‘बी’ डिभिजन क्लबहरूलाई भएको छ। ‘बी’ डिभिजन लिग सञ्चालन भएको तर बीचैमा स्थगित गर्नुपर्दा यसको असर सीधै क्लबहरूलाई परेको हो। ‘बी’ डिभिजनमा १२ क्लबहरूमा थिमीको मध्यपुर युथ एसोसिएसन पनि पर्छ। मध्यपुर युथका अध्यक्ष उपेन्द्रमान सिंहसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानीको सारसंक्षेप ः

लकडाउनमा तपाईंको समय कसरी कटिरहेको छ ?
बिहान बिहान १ वा डेढ घण्टा मर्निङ वाक जाने गरेको छु, घरमै बसेर खाने र आराम लिने गर्दा मोटो हुने पनि डर छ। यसको लागि हिँड्न आवश्यक छ। यसैले केही समय घरकै अगाडि मात्रै हिँड्ने गरेको छु। अब लकडाउनको आदेश पालना सबैले गर्नैपर्छ, कोरोना हामीकहाँ पनि बढ्दै गएको छ। यसबाट बच्ने भनेको घरमै बस्ने हो।

नेपालमा फुटबल फेरि शुरू हुने सम्भावना कति छ ?
सम्भावना छैन भने पनि हुन्छ, यस्तो महामारीको समयमा कसरी फुटबल सञ्चालन गर्न सकिएला? फुटबल शुरू गर्न सबैबाट वातावरण मिल्नुपर्छ, तर यो महामारीमा सामाजिक दूरीको पालना गर्नुपर्ने हुँदा खेलाडीसमेत खेल्न तयार हुँदैनन्।

जर्मनीमा त बुन्देसलिगा शनिबारदेखि शुरू गर्न लागेको छ त। साथै प्रिमियर लिग, ला लिगा फुटबल पनि शुरू हुन लागेको छ, नेपालले किन सक्दैन ?
जर्मनीमा फुटबल निकै लोकप्रिय छ, तर उनीहरू किन लिग सञ्चालन गर्न गइरहेका छन्, त्यो बुझ्न सकिएन। डब्ल्यूएचओले भन्दै आइरहेको छ अहिले खेल सञ्चालन गर्नु जोखिम छ। विश्वकप छनोट खेलहरू, युरोपेली खेलहरू स्थगित गरेको अवस्थामा युरोपेली लिग किन सञ्चालन गर्न लागिरहेको हो बुझ्न सकेन।

लिग आयोजना गर्न आवश्यक छैन यस्तो महामारीमा। अर्को विनादर्शक खेलाउनु भनेको घाटा नै हो। दर्शकविनाको फुटबलको चार्म पनि हुँदैन। फेरि फिजिकल टच नहुने भन्ने पनि छैन। खेल्दा सँगै हुनुपर्छ, फिजिकल डिस्टेन्स (दूरी)को पालना नहुन सक्छ। केही भयो भने खेलाडी र क्लबलाई निकै घाटा हुन जान्छ।

अहिले भनेको लकडाउनको पालना गर्ने, सोसल डिस्टेन्सको पालना गर्ने समय हो। स्वास्थ्यभन्दा खेल महŒवपूर्ण त होइन, र उनीहरूको सिको गरेर नेपालमा हामीले फुटबल सञ्चालन गर्न पनि सकिँदैन।

‘बी’ डिभिजन लिग बीचैमा स्थगित भयो, यसलाई पूरा गर्ने केही योजना भइरहेको छ कि ?
यस्तो त केही भइरहेको छैन। यदि शुरू गर्नुपरेमा पनि सबै क्लबहरू राजी हुनुप¥यो, खेलाडीले खेल्न मान्नुप¥यो। विदेशमा पनि कति खेलाडीहरू खेल्न डराइरहेको भन्ने समाचार आइरहेको छ।

लिग स्थगित भएको छ, भविष्यमा यो लिग रद्द भएमा त धेरै नोक्सान हुन्छ नि, होइन र ?
कोरोनाले गर्दा बीचैमा लिग स्थगित गर्नुप¥यो। कोरोना कहिलेसम्म रहने भन्ने पनि थाहा छैन। क्लबले लिग सञ्चालन हुनुअघि तीन महिना क्याम्प राखेको थियो। लिग शुरू पनि भयो, पछि कोरोनाको असर बढेपछि लिग पूरा गर्न सक्ने अवस्था भएन र लिग स्थगित गर्नुप¥यो। यसले सहभागी १२ वटा क्लबहरूलाई आर्थिक नोक्सान गराएको छ।

त्यसो त ‘बी’ डिभिजन क्लबहरूलाई तयारीका लागि एन्फाले १०÷१० लाख दिएको थियो। शुरूमा ६ लाख दिएको बाँकी पछि दिनुपर्ने थियो। खेलाडीहरूले आफ्नो पारिश्रमिकको केही हिस्सा भने पहिल्यै लिएका थिए। धेरै खर्च ग¥यौं लिगका लागि। एन्फाले सहयोग दियो, महानगरपालिकाले सहयोग दियो, शुभचिन्तकले सहयोग गरेका छन्। हाम्रो आम्दानीको स्रोत भनेको यही हो, अब लिग पूरै नहुँदा मेहनत र लगानी खेर गएको छ। यस्तो हिसाबमा क्लबहरूलाई त निकै समस्या पारेको छ।

फुटबल खेलाडीहरूलाई कसरी हेरिरहनुभएको छ ?
यसका लागि पनि हामीले योजना बनाइरहेका छौं। भिडियोमार्फत् एन्फाका पदाधिकारीबीच छलफल भइरहेको छ। एन्फाले पुरुष तथा महिला खेलाडीहरू, क्लबहरू, जिल्लाका फुटबल समितिहरू तथा फुटबलसम्बन्धी निकायलाई कसरी हुन्छ सहयोग गर्न छलफल गरिरहेको छ। अब विस्तारै जीवन धान्न गाह्रो हुँदै आइरहेको छ, यसैले छिटोभन्दा छिटो सहयोग गर्न एउटा रोडम्याप तयार गरिरहेका छौं।

फिफाबाट आएको त्यत्रो रकम छ, त्यसलाई प्रयोग गर्न सकिँदैन र ?
फिफाबाट आएको त्यो सहयोग रकम हामीले भन्नासाथै प्रयोग गर्न सकिँदैन। किनभने त्यो रकम एन्फालाई खेलकुद गतिविधिको लागि छुट्याएर पठाएको हो। यसलाई प्रयोग गर्न हुन्छ वा हुँदैन भनेर एन्फाले फिफासँग निवदेन गर्नुपर्ने अवस्था छ। त्यसमा पनि छलफल भइरहेको छ। यो मुस्किल घडीमा फिफाबाट पनि सहयोग प्राप्त हुन्छ भन्ने लाग्छ।

 

प्रतिक्रिया दिनुहोस्