अमेरिकन आईडलमा दिवेश पोखरेल सेकेण्ड भए



काठमाडौँ ।

अमेरिकन आईडलमा नेपाली मुलका दिवेश पोखरेल दोस्रो भएका छन । लामो चर्चाको बीच पोखरेल दोस्रो भएका हुन । नेपालको काठमाडौ कलंकी घर भएका पोखरेल अमेरिकामा ग्रिन कार्ड लिएर बस्दै आएका थिए ।

भोटिडको आधारमा छनौट हुने उक्त प्रतियोगितामा पोखरेलले सोचे जति भोट पाउन नसकेको कारण उनले दोस्रोमा नै चित्त बुझाउनु परेको छ । उक्त अमेरिकन आईडलमा अमेरिकाकी अश्वेत गायिका जस सामले उपाधि जितेकी छन ।

प्रतिक्रिया दिनुहोस्