संगीतमा एक मुठ्ठी परान



नेपाली मौलिक लोकभाकाका गीत संगीत बजारमा कम आइरहेको समयमा गायक सञ्जय श्रीपालीको स्वरमा एक मुठी परान छ र पो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गीतमा मानिसको जिवनको विभिन्न अवस्थालाईसमेटिएको छ। जीवनमा आएका पिडाहरूलाई गीतमा समेटिएको छ। गीतमा सञ्जय श्रीपालको शब्द तथा लय सिर्जना रहेको छ। गीतले धनभन्दा पनि भावनात्मक बन्नको लागि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्