वर्तमान चुनौती र सशस्त्र प्रहरीको दायित्व



विजिता थापा रिजाल

सूरक्षा आफैंमा चुनौति पूर्ण कार्य हो । मुलुक र जनतालाई आइपर्ने सुरक्षा चुनौतिलाई सामना गर्दै जानु प्रत्येक देशका सुरक्षाकर्मीको मुल दायित्व पनि हो । दृष्य दुश्मन सँग लड्न जति सजिलो छ अदृष्य दुश्मन सँग त्यति नै गाह्रो छ । त्यसमा पनि सीमाबाट अदृष्य दुश्मन (कोरोना) आउन नदिन गरिने प्रयास र सुरक्षा चुनौति सामान्य छैन । यहि असामान्य अवस्थामा सीमा सुरक्षाको महत्वपूर्ण सुरक्षा निकाय सशस्त्र प्रहरी बलले आफ्नो सारा संयन्त्र प्रयोग गरेर सीमालाई पूर्ण रुपमा आवत जावत गर्ने कार्य बन्द गराएको छ ।

सिमित जनसक्ति¸ अपर्याप्त श्रोत साधन¸ टेन्ट र छाप्रोको बास¸ हावाहुरी¸ वर्षा¸ सर्प¸ विच्छिको डरका वावजुद खुल्ला बोर्डरलाई व्यवस्थित गर्नु कम चुनौतिपूर्ण छैन । यसैका लागि सशस्त्र प्रहरीबलका जवानहरु दैनिक ज्ञड घण्टा भौकै र प्यास समेत नभनि खटिएको दृष्य हाम्रा सामु छर्लङ्ग छ । सीमाको पिल्लर जस्तै द्दद्ध घण्टा तैनाथ जवानलाई हौसलाको जरुरी छ त्यस्तौ बेला उनिहरुको मनौबल घट्ने गरि गरिने आलोचना कुनै हालतमा स्विकास्न सकिदैन।

तर यो सबै कार्य सहज ढंगले पूरा गर्न सक्ने र आफ्नो फौजलाई हर हालतमा दुरुस्त राख्न सक्ने सशस्त्र प्रहरी बलको वर्तमान नेतृत्वलाई बधाई दिनैपर्छ ।
यति मात्र होइन राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षार्थ र नेपाली सीमाको पहरेदारिका लागि दार्चुलाको छाङ्गुरुसम्म बोर्डर आउट पोष्ट स्थापना गराएर सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनालले अब्बल र सक्षम नेतृत्वको उदाहरण प्रस्तुत गरेका छन् ।

बोलिका नरम तर व्यवसायीक दक्ष र जिम्मेवारीमा कडा खनालको यो कार्य ऐतिहासिक र इतिहास रच्ने छ ।थोरै जनशक्तिले ठठ वटै जिल्लामा आफ्नो सकृय उपस्थिती जनाउन सफल सशस्त्र प्रहरी बलले आफूलाई एक सक्षम संगठनको रुपमा उभ्याएको दृष्टान्त पटक९पटक प्रमाणित गरिसकेको छ । द्बन्द्बकालमा होस् वा द्वन्द्बको समाप्ती पछि गरिएका कार्य हुन्¸ सशस्त्र प्रहरी बलले गरेको उत्कृष्ट कार्यको आम जनताले मुक्त कण्ठले प्रसंसा गरेका छन् । त्यसैले धेरै ठाँउबाट सुरक्षा वेश राख्‍नको लागि अनुरोध भएको तथ्य गृहमन्त्रालयसम्म छ ।

त्यसैले पनि समय सापेक्ष सशस्त्र प्रहरी बलको संख्या बढाएर चुस्त दुरुस्त अवस्थामा राख्‍न सरकारले ढिलाई गर्न हुँदैन । अर्को तर्फ जस्ता सुकै विपदमा अग्रभागमा रहेर काम गर्नेसंगठनलाई साधान श्रोत सम्पन्न बनाइनु अत्यावश्यक भईसक्यो । द्दण्ठद्द सालको प्रलयकारी भूकम्पमा सशस्त्र प्रहरीले गरेको उद्बारको अब्बल कार्य असाध्यै प्रसंसा लायक छ । त्यसवेला सिमित श्रोत साधनबाट भएको उद्बार कार्यले त्यस संगठनको प्रसंसा हरेक नेपालीले गरेका छन् ।

आगामी दिनमा हुन सक्ने यस प्रकारका विपद् व्यवस्थापन गर्ने पनि सशस्त्र प्रहरी बललाई थप श्रोत साधनले सु९सज्जित बनाउनु जरुरी छ जुन आम जनताकै लागि हो ।यस प्रकारको साहसिक कार्य गर्ने संगठन पुरस्कृत हुनुपर्छ । वर्तमानमा सशस्त्र प्रहरीलाई दिने पुरस्कार भनेकै श्रोत साधन र जनशक्ति हो । यसमा सरकारले कन्ज्युस्याई गर्नु हुँदैन ।

यसका साथै वर्षा यामको बाढी¸ पहिरो होस् वा सडक दुर्घटना¸ सीमा सुरक्षा होस् वा महत्वपूर्ण भवन र व्यक्तिको सुरक्षा¸ भन्सार सुरक्षा देखि राजमार्ग सुरक्षासम्म न्यून जनशक्तिमा सशस्त्र प्रहरीले गरेको उत्कृष्ट कार्य पक्कै सरकारी तहसम्म पुगेर नै हुनुपर्छ । गृह मन्त्रालयले हालै विओपी संख्या छ सय वटा पुर्‍याउने घोषणा गरी सकेको छ । यो घोषणालाई तत्काल कार्यान्वयनमा ल्याउनु जरुरी छ ।

यसको लागि करिब ज्ञण् हजार जनशक्ति तत्काल थप्नु पर्ने अपरिहार्य भईसक्यो । तर यो वा त्यो वहानामा दरबन्दी नथप्ने र विओपि नबढाउने कार्य हुनु हुँदैन । आज थप जनशक्ति भएको भए सीमा नाका थप कडारुपमा सिल गर्न सकिन्थ्यो । यसरी सिल गर्दा लुकि छिपी आउनेहरुलाई पनि रोक्न सकिन्थ्यो¸ यसको सोझो अर्थ हो सीमा पारीबाट आउने कोरोना रोकिन्थ्यो र मानविय क्षति हुने थिएन ।

सुरक्षामा लगानी राज्यलाई आर्थिक भार होइन यो त अपरिहार्य कार्य हो भन्ने कुरा प्रत्येक सरकारले बुझ्नुपर्छ । आवश्यक परेको बखत रातारात फौजको संख्या थपेर हुँदैन¸त्यसको लागि त बेलैमा सोचेर आजै देखि योजना बनाउने हो नत्र फौज उत्पादन चाहिने बेलामा तुरुन्त हुँदैन त्यसका लागि त निश्चित् मापदण्डमा भर्ना हुँदै तालिम पुरा गर्नुपर्छ । यसको लागि पनि समय लाग्छ ।

अहिलेकै अवस्थामा हेर्ने हो भने सीमाबाट लुकि छिपि छिरेका द्दरद्ध जनालाई कारण देखाएर आलोचना गरी फौजको मनोबल घटाउने कार्य अज्ञानिले मात्र गर्छ । कसैलाई मन नपरेको हुन सक्छ र राम्रो लाई नराम्रो भन्न फराकिलो छाति नभएकाहरु यो संवेदनशिल घडिमा अहोरात्र परिचालित फौजले लुकि छिपि १/२ जना सीमा वारपार गरेको कुरालाई तिललाई पहाड बनाएर उछाल्ने प्रयास गर्दैछन् भने थप दरबन्दी निकासा हुनुलाई सशस्त्र प्रहरीको निजि आवश्यकता जस्तो ठानेर आलोचनाको लागि आलोचनामात्र गरीरहेका छन् ।

सशस्त्र प्रहरीले गरेको प्रसंसनिय कार्यबाट आत्तिएर यस किसिमको अभिव्यक्ति आउनु अश्‍वभाविक होइन र नकारात्मक सोच भरिएको दिमागले सकारात्मक सोच्न पनि सक्दैन । केही क्षेत्रबाट सशस्त्र प्रहरी माथि भएको प्रहारलाई सामना गर्दै अघि बढेको सशस्त्रलाई बदनामि गर्ने प्रायसरतहरुबाट पनि संगठनले पाठ सिक्नुपर्छ । र सफलताको यो उचाइलाई संगठनले आत्मसाथ गर्न सक्नुपर्छ न्यून जनशक्तिमा ठठ जिल्लामा आइपर्ने जस्ता सुकै चुनौति सामना गर्न फौजलाई सक्षम राख्‍नु नेतृत्वको सफलता हो त्यो सफलता सशस्त्र प्रहरी बलले अक्षरस पुरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्