शेयर बजारमा नकारात्मक सर्किट ब्रेक



काठमाडौं, (नेस)

करिब दुई महिनापछि खुलेको शेयर बजारमा नकारात्मक सर्किट ब्रेक लागेको छ। बजार खुलेको सवा घन्टामा नै नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दुई प्रतिशतले घटेपछि नेप्सेमा सर्किट ब्रेक लागेको हो।

असहज परिस्थिति रहेका कारण नेप्से परिसूचक दुई प्रतिशत तलमाथि हुने बित्तिकै नेप्सेमा त्यस दिनका लागि कारोबार रोक्ने नयाँ व्यवस्था रहेको छ। मंगलबारदेखि दैनिक २ घन्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार खुला भएको हो।

मंगलबार नेप्से २५ दशमलव ३० अंकले घटेर १२२६ दशमलव १५ बिन्दुमा आइपुगेको छ

८७ वटा कम्पनीको १लाख ६ हजार ३ सय १२ कित्ता शेयर १० करोड ४३ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन सबैभन्दा बढी नागरिक लगानी कोषको ८ करोड ८८ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ। पहिलोे दिन कारोबार भएका सबै समूहका सूचक घटेका छन्।

प्रतिक्रिया दिनुहोस्