नारायण खनाल
मालारानी-3,अर्घाखाँची ।
(कविता)
कर्की बन्नु छ
कर्णाली उभाएर
कोसी सिञ्चन
बाच्छो जागिर
चितुवाको संगत
गाह्राे छ बाँच्न
खोसेर लिँदै
सुग्घरीको पगरी
कसिङ्गरले
आहत मन
आहानको भरमा
बाँच्न सक्दैन
अहीर हुँ म
अस्ताउन चाहन्न
अहङ्कारले
विप्रलम्भ भो
विप्रतिपन्न सोंचले
विप्रलब्धाको
काषाय भिरि
देशै छोडेर जाउन्
भ्रष्टहरुले
आगो ओकल
जठराग्नि जगाउ
तिमी बाँच्नु छ
खाँडो जगाइ
अहङ्कारवादको
ध्वस्त नबन
अर्गज्ज परे
अरुण आफै अहो
अनिष्ट नहोस्