कोरोना राजनीति



अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण र जनस्वास्थ्यलाई भन्दा नजिकिँदै गरेको राष्ट्रपति पदको चुनावलाई प्राथमिकता दिएको टिप्पणी हुन थालेको छ । निर्वाचनलाई पछाडि थकेली आफैंले लामो समयसम्म सत्ता चलाउने राजनीतिक चालबाजी गरेको आरोप लाग्न थालेको छ ।

कोरोना संक्रमणलाई राजनीतिक औजारका रूपमा लिएका कारण यसको संक्रमण नियन्त्रण नभएको निष्कर्ष निकालिएको छ । राष्ट्रपति ट्रम्पले विज्ञ र जनतालाई पाखा लगाउँदै आफ्ना समर्थक र व्यापारीलाई सडकमा उतारेर खुलारूपमा हिँड्न, व्यापार गर्न, उद्योग कलकारखाना खोल्न पाउनुपर्छ भनी प्रदर्शन गराएको आरोप छ ।

यति बेला अमेरिकामा कलकारखाना धमाधम खुलेका छन् । जनता त्रासको अवस्थामै काममा जान बाध्य छन् । अमेरिकाले जसरी कोरोनालाई राजनीतिक अवसरका रूपमा लिएको छ, ठीक त्यसरी नै नेपालमा सरकार महामारीको कुरा छोडेर प्रधानमन्त्री र अध्यक्ष पदको विवादमा चुर्लुम्म डुबेको छ ।

अमेरिका जस्तो चन्द्रमामा मान्छेको बस्ती बसाउने परिकल्पना गर्ने, जुनसुकै देशलाई ध्वस्त बनाउन क्षेप्यास्त्रको प्रयोग गर्न सक्ने मुलुकमा अस्पताल र स्वास्थ्यकर्मीको अभावको सन्दर्भ पनि राजनीति त होइन भन्नेसम्मको तर्क गर्न थालिएको छ ।

त्यहाँका स्वास्थ्यकर्मी र जनताले भनिरहेका छन्– ‘सरकारले समयमै कोरोना संक्रमितलाई अस्पताल भर्ना गरी आवश्यक उपचार गरेको भए यति ठँलो संख्यामा संक्रमित हुने र मर्ने अवस्था आउने थिएन ।’ यस्तो अवस्थामा नेपाल सरकारले नेपालमा कोरोनाले खासै ठँलो क्षति पुग्दैन भन्ने अनुमानित आँकलन गरिरहेको छ ।

नेपाल सरकारले समयमै लकडाउन गरेर राम्रो कामको शुरुआत गरे पनि दोस्रो अवस्थाका बारेमा कुनै तयारी नै नगर्नु ठँलो गल्ती हो । सरकारले आवश्यकताअनुसारको स्वास्थ्य सामग्री दिएर मात्र स्वास्थ्यकर्मीलाई फिल्डमा खटाओस् । माघ ९ गते कोभिड–१९ को पहिलो केस देखियो ।

यो अवधिमा पर्याप्त सामग्री भित्र्याउन, अनुभवी छिमेकी मुलुकका विज्ञहरूसँग कँटनीतिक सम्बन्ध विस्तार गर्न, स्वास्थ्यकर्मीहरूलाई आवश्यकताअनुसार तालिम दिन र विस्तार गर्नतर्फ लाग्नुपर्ने बेलामा सत्ता र कुर्सीको लडाइँमा खर्चेको देखिन्छ ।

त्यति मात्र नभई कोरोनाविरुद्धको लडाइँमा उत्रनुपर्ने स्वास्थ्य मन्त्रालय कर्मचारी नियुक्ति, सरुवा, बढुवा कसलाई गर्ने, कन आफ्नो र कुन अर्काको पार्टीको भन्दै अलमलिएको छ । यो अवस्थामा सबै स्वास्थ्यकर्मी मेरा हुन् र म लडाइँमा नेतृत्व लिन्छु, सबैको साथ पाउँछु भन्नुपर्ने स्वास्थ्यमन्त्री आफैंमा अलमलिएको प्रतित हुन्छ ।

समयमै ध्यान दिइएन भने भोलि एउटा समुदाय या गाउँ नभई देश नै कोरोनाको चपेटामा पर्न सक्छ र अहिले जति स्वास्थ्यकर्मी बिनाहतियार कोरोनासँग लड्न तयार भएर मैदानमा उत्रिएका छन् तिनले पनि हार खाएर आफ्नो ज्यानको सुरक्षाका लागि भागाभाग गर्ने स्थिति आउन सक्छ ।

केही दिनदेखि कोरोना संक्रमितको संख्यात्मक वृद्धि भएको छ । नेपाल तेस्रो चरणमा छ, चौथो चरणमा नपुग्दै परीक्षणलाई तीव्र बताउनु आवश्यक छ ।

स्रोत–साधन उपलब्ध गराई कोरोना नियन्त्रणका लागि युद्धमा उत्रिएका स्वास्थ्यकर्मीको मनोबल उच्च पारी सरकारले छिटोभन्दा छिटो दोस्रो चरण लकडाउन खुकुलो पार्ने तयारी गर्नुपर्छ । निरन्तर लकडाउनको अवधि बढाउनु र सत्ताको किचलोमा अलमलिनु दुर्भाग्यपँर्ण छ ।

प्रतिक्रिया दिनुहोस्