कथा फरर, मन हरर



थिएटर मल कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियानअन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम कथा खरर, मन हरर शुरु गर्ने भएको छ।

लकडाउनको शुरुआतका १६ दिनसम्म क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल आयोजना गरेका यी नाट्य संस्थाले बालबालिकाहरु पनि देख्न, सुन्न, महशुस गर्न र कल्पना गर्न सक्छन् भन्ने प्रमाणित गर्न उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो।

बालबालिकाहरु कथा पढ्न, सुन्न र सुनाउन मन पराउने भएकाले लकडाउनमा बालबालिकाको समय सिर्जनशील र उर्जावान बनाउन कथा खरर, मन हरर आयोजना गर्न लागिएको जनाइएको छ।

कथा खरर, मन हरर बालकोसेली बालबालिकाको युट्युब च्यानलमा आज सोमबारदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ। कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुँदै छन्। ‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो।

हजुरबा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’ थिएटरका निर्देशक केदार श्रेष्ठले भन्छन्– ‘त्यसैले हामी अभिभावकलाई आप्mना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौँ।’

त्यस्तै कार्यक्रमका सहनिर्माता प्रशुन सिन्धुलियले बालबालिकाले कथा सुनाएको भिडियो पठाउन अनुरोध गरेका छन् । साथै कार्यक्रमको उद्घोषण गर्न चाहने बालबालिकाले पनि सम्पर्क गर्न सक्ने उनले जनाए।

प्रतिक्रिया दिनुहोस्