सामाजिक विभेदविरुद्ध लडौं



नेपाली समाजमा विगतदेखि नै अनेक खालका अन्धविश्वास र विभेद रहँदै आएका छन् । छाउपडीदेखि लिएर छुवाछूतलगायतका अमानवीय विभेदहरु अझै व्याप्त छन् । हुन त संघीय संरचनामा मुलुक पुगिसकेपछि यसबाट उत्पन्न विभिन्न खाले परिस्थितिलाई आत्मसात् गर्दै नयाँ संरचनामा हरेक नागरिकका आवश्यकताहरुलाई मध्यनजर गरी मुलुक अगाडि बढेको देखिएको छ ।
कुनै एक व्यक्ति सामाजिकरुपमा सशक्त नभएसम्म त्यहाँको सामाजिक स्वरुप परिवर्तनमा समस्या कायमै रहन्छ । अहिले पनि हाम्रो समाजमा कतिपय सामाजिक मूल्य र मान्यता निकै राम्रा पनि छन्, कतिपय निकै नराम्रा पनि छन् । राम्रा संस्कारहरुलाई आत्मसात् गर्दै नराम्रा संस्कार र कुरीतिहरु बिस्तारै घट्दै गएका देखिए पनि अझै बढी पैरवी र वकालत जरुरी देखिएको छ ।
कतिपय कानुन नबुझेर गरिएका विभेदहरु छन्, कतिपय सामाजिक मूल्य र मान्यताका कारण समस्या देखिएको छ । कतिपय जातीय रुपमा गरिएका विभेदले समस्या बढेको छ । कतिपय जानेबुझेकाहरुले हैकम चलाउने क्रममा समेत विभेदका घटना बढेका छन् । यस्ता सबै खाले घटनालाई न्यूनीकरणका लागि अब हरेक स्थानीय सरकारले वकालत, पैरवी र बहस गर्नु जरुरी देखिएको छ ।
स्थानीयरुपमा गरिएका सामाजिक विभेदका घटनाहरुलाई सामान्य भन्दै मिलापत्रमै टुंगोमा पु¥याउने प्रवृत्तिले पनि अपराधका घटना बढ्दै गएको देखिन्छ । यस्ता घटनामा संलग्नलाई कानुनी सजायसम्मका लागि पनि बहस र पैरवी हुनुपर्ने देखिन्छ ।
– भवानी ताम्राकार, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्