हुुलमुलमा जिउँ जोगाउनू संकटमा बिउ बजाउनू

डा. अरुणा उप्रेती



हुुलमुलमा जिउँ र, अनिकालमा बिउ जोगाऊ भनेर नेपाली उखानले अर्ति दिइरहेका बेला कहाँबाट आयो ‘संकटमा बिउ बजाउनू’ भन्ने आदेश ! पाठकलाई आश्चर्य लागेको हुनसक्छ । आश्चर्य नमान्नुहोस्, शरीर स्वस्थ राख्नुछ, रोग प्रतिरोधात्मक शक्ति बढाउनुछ भने बिउ बजाउनुहोला । बजाउने भनेको खाने !
कुरा वस्तुको बिउ वा बियाँबाट सुरु गरौं ? हाम्रा घरमा हेपिएको फर्सीलाई नै लिनुुस् !

फर्सीको बियाँमा लुुकेको सूक्ष्म पौष्टिक तत्वको प्रयोग गरियो भने विभिन्न किसिमका महंँगा भिटामिनहरु किनेर खानै पर्दैन । प्रायः बिउहरू फालिन्छन् । तर तिनको महत्व बुझेंपछि तिनलाई भान्छामा राम्रो स्थान दिइने छ ।कसैले केही नचाहिने, उटपट्याङ कुुरा ग¥यो भने भन्ने गरिन्छ “के हो, भाङ खाएर आयौ कि क्या हो ?” यसको कारण हो भाङ भनेको लागुु पदार्थ हो भन्ने हामीलाई ज्ञान छ, तर भाङ पौष्टिक तत्वले भरिपूूर्ण छ भन्ने कुुरा प्रायः हामीलाई थाहा छैन ।

शारदा नामकी एक महिला बैंककमा जाँदा उनकी साथीले भनिन् “मेरी आमा ८६ वर्षकी भइन् । उनी विरामी भएर बसेको धेरै भयो । उनलाई खाना पनि के दिने भनेर साह्रै गाह्रो छ । उनलाई केही पौष्टिक औषधि छ भने ल्याइदेउन है ।” शारदाले त्यहाँका विभन्न पोषणविदसँग छलफल गरिन् । स्वस्थकर खाना बनाउने विशेष तरिकाको रेष्टुुरेन्ट खोलेर बसेका एक व्यक्तिले भने “म तपाईलाई एक पौष्टिक तत्वले भरिपूूर्ण वस्तुु दिन्छुु । थाइल्याण्डमा कुपोषण भएर सिकिस्त बिरामी, वृद्धवृद्धालाई यो दिइन्छ । यो अलिकता महंँगो छ, तर उत्तम वस्तुु हो ।”

शारदाले “के हो त्यो वस्तु ? म काठमाडौं लैजान्छुु” भनिन् । ती व्यक्तिले भने “यो हेम्प हो । यसको मूूल्य थाइ भाट एक हजार छ । अर्थात नेपाली रु. सात हजार पर्छ ।” “हेम्प भनेको त भाङ हो, हाम्रो नेपालमा त यसको मूूल्य रु. दुई सय भन्दा बढी पर्दैन । सात हजार रुपियाँको भाङ किन यहाँबाट लैजाउ” शारदाले विचार गरिन् । नेपाल फर्केपछि जब उनले गुुगल गरेर, भाङको बिउको बारेमा विभिन्न अनुुसन्धानहरु पढिन्, अनि भाङलाई उनले आफ्नै दैनिक जीवनको अंग बनाइन् । ६५ वर्षको उमेरमा पनि शारदा उच्च रक्तचाप, मधुुमेह आदिबाट पीडित हुुनुुपरेको छैन ।

अहिले फर्सीको भित्री बिउ एक किलोको मूल्य झण्डै दुई हजार छ । यसमा जिंक छ । कति जनाले अहिले दक्षिण अमेरिकाबाट आएको “चिया सिड” महंगोमा किनेर खान्छन् । त्यस्तो खानै पर्दैन । हामै बरीपरि सहजै, ‘चिया सिड’ भन्दा धेरै सस्तोमा पाइने आलस, तिल, फर्सीको वियाँ आदिको प्रयोग गरे ‘कम पैसा, बढी स्वास्थ’ पाइन्छ ।

भाङको छोप बनाएर अचार पनि खाइन्छ । भाङको बिउमा रहेको प्रोटिन उच्च स्तरको हुुन्छ । यसमा पर्याप्त मात्रामा रेसादार तत्व पनि हुुन्छ, खाना पचाउन पनि यसले मद्दत गर्छ । यसमा रहेको ओमेगा थ्री फ्याटी एसिडले स्वास्थ राम्रो पार्न भूूमिका खेल्छ । ओमेगा थ्री को महंँगो क्याप्सुुल किनेर खान जरुरत नै छैन । विभिन्न अध्ययनहरुले देखाएको छ, यसले मुुटुु स्वस्थ राख्छ, र बाथ रोगीका लागि पनि यसले फाइदा गर्छ किनभने यसले रक्त सञ्चालनमा पनि मद्दत गर्छ । यसको प्रयोग भुुटेर, पिसेर, सलादमा वा तरकारीमा हालेर खान सकिन्छ ।

म प्रत्येक दिन आलस, तिल, भाङ एक चम्चा खान्छु । क्याल्सियम चक्की खान्नँ । खान पर्दैन । भाङको तेल पनि बजारमा पाइन्छ । कतिजनाले भाङको बिउ खायो भने भाङको नशा लागेको जस्तै हुुन्छ भन्ने विचार गर्छन् तर यसको बिउले नशा लाग्दैन तर नेपालबाहिर चाहिं भाङको बिउ नलैजान सल्लाह दिइन्छ । विशेष गरी प्लेनमा जाँदा र अरब देशमा जाँदा त कुुनै पनि तरिकाले बनाको भाङको बिउ लैजान हुुँदैन ।

सूूर्यमुुखीको फूूल हेर्दा हामी सुन्दरता देखेर खुशी हुन्छौं । तर यसको बिउ, स्वास्थ्यको लागि राम्रो हुुनसक्छ भन्ने विचार शायदै आउँछ । सूूर्यमुुखी तेल अहिले कति जनाले प्रयोग गर्छन् तर तेल निकाल्ने बिउको चाहिं वास्ता गरिन्न । युुरोपेली देशमा जाँदा सूूर्यमुुखीको बिउबाट बनाइएको मिठाइ चाहिं मैले खाएको छु । ‘के छ त सूूर्यमुुखीको बिउमा त्यस्तो विशेष ?’ यसमा भिटामिन ‘इ’ हुुन्छ, यसले मुुटु स्वस्थ राख्छ । शरीरमा रहेको नराम्रो बोसो कम गर्छ । यसमा रहेको म्याग्नेशियम नामक तत्वले मांसपेशी र हड्डीको स्वास्थ्य राम्रो राख्छ । रगतमा चिनीको संतुलन राख्न पनि मद्दत गर्छ ।

बियाँ प्रायः फालिन्छ । तर जानिफकारले फर्सिको बियाँ सुकाएर त्यसको बाहिरी पत्र छोडाएर, त्यो भित्रको बियालाई खान्छन्– दूध, च्यूरा, दहीसँग मिलाएर । कतिले चाहिं बाहिरको बोक्रैसमेत भुट्छन् र पिसेर खान्छन् । भित्री बियाँको जस्तो मिठो स्वाद नभए पनि पोषणयुक्त हुन्छ । यसले शरीरमा इन्सुलिन सन्तुलनमा राख्न मद्दत गर्छ । कसैले यसलाई पिसेर सलाद वा सुपमा पनि हाल्छन् । कसैले यसै खान्छन् आफ्नो स्वादअनुसार ।

पहिले आलस अपहेलित थियो । अहिले धेरैले प्रयोग गर्न थालिएको उत्तम बिउ हो । तर अहिले त यो क्याल्सियम, ओमेगा थ्री, रेशादार पदार्थको राम्रो स्रोत हो भन्ने बुझाइ छ ।आलसमा अर्को महत्वपूर्ण पौष्टिक तत्व लिगनेन हुन्छ– लिगनेन एण्टिरयाव, एण्टिलेसयै थास । यसले कोलेस्ट्रोल घटाउँछ र ब्लड सुगरलाई नियन्त्रित राख्दछ, मासिक धर्मसम्बन्धी अनियमितता ठीक गर्छ ।

आलसको प्रयोगले शरीरमा विशेष गरी महिलाहरूको महिनावारी सुकेपछि हाडको घनत्व कम हुँदै जाने समस्या कम गर्न पनि आलसको सेवन राम्रो हुन्छ । यसलाई छोप बनाएर खान सकिन्छ, भुटेर, सलादमा हाल्न सकिन्छ । दहीमा घोलेर प्रयोग गर्न सकिन्छ । जसरी प्रयोग गर्दा पनि हुन्छ तर राम्रोसँग चपाएर खानुपर्छ ।

(सार्वजनिक स्वास्थ्य विज्ञका रुपमा दक्षिणी सुडान, इरान, श्रीलंका, लावस, भारत र अफगानिस्तानमा समेत कामगरिसकेकी डा. उप्रेती पोषण र महिला अधिकारका विषयमा पनि निरन्तर कलम चलाउनुहुन्छ :  नेपाल समाचारपत्र)

प्रतिक्रिया दिनुहोस्