नेपाल आइपुगे कतार र दुबईले जहाज चार्टर्ड गरी पठाएका स्वास्थ्य सामग्री (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौँ ।

खाडीका दुई मुलुकहरु कतार र दुबईले नेपाललाई मेडिकल सामग्री सहयोग गरेका छन्। संयुक्त अरब इमिरेट्स र कतारले नेपाल सरकारलाई मेडिकल सामग्री पठाएका हुन्।

दुबै देशले जहाज चार्टर्ड गरेर नेपालमा सामग्री पठाएका हुन्।विमानस्थल कार्यालय प्रमुख देवेन्द्र केसीका अनुसार दुबईबाट इतिहाद एयरवेज र कतारबाट कतार एयरवेजले सहयोग सामग्री बोकेर ल्याएका थिए।

कतारले ८ हजार १ सय ५६ किलो मेडिकल सामग्री पठाएको छ। यसमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री रहेका छन्। त्यस्तै, दुबईले ६ हजार ८ सय ७१ किलो सामग्री पठाएको छ।

तस्वीर :  अनिल आङ्देम्बे

 

प्रतिक्रिया दिनुहोस्