छाया महामारी बन्यो महिला–बालिकाहिंसा



टंक पन्त

नेपालमा लकडाउन प्रारम्भ भएको २१आंै दिन परासी ददल्काकी सरिता खरेलले घर छोडेर हिँडिन् ।घर–परिवारबाटभएकोहिंसाका कारण आठ वर्षको छोरो बोकेर उनी रुँदै हिडिँन् । श्रीमान् रमेशले स–सानो निहुँ बनाएर कुटपिट गर्ने, खाना खाने बेला भयो किझगडा गर्ने, एकदिन पनि खाना मीठो भयो भनेर नभन्ने, आमालाई कुट्दानपिट्नू न भनी छोरो बाबुसँग झम्टिन जाँदा छोरोलाई पनि लडाइदिने गर्न थालेपछिसरितालाई असैह्य भयो ।

उनीस्थानीय सरकारका जनप्रतिनिधि वडाध्यक्षकहाँ गुहार माग्न जान बाध्यभइन् । जब वडाध्यक्ष घरमै पुगेर आइन्दा श्रीमतीमाथि हात हाल्ने र कुनै पनि हिंसा भएको थाहा भएमा राम्रो हुनेछैन भनी चेतावनी पनि दिए । वडाध्यक्षसँग माफी पनि मागेझैँ गरे ।

वडाध्यक्षफर्किएको एक घण्टामै श्रीमान् मात्रै होइन त्यो घरका सबै परिवार सरितामाथि खनिए । ससुरा, सासू रश्रीमान्ले सरितालाई समाजमामुख देखाउन नहुने गरी हाम्रो बेइज्जत गर्ने तँ अलच्छिनी, बोक्सिनी, राँडी, फँुडी भन्दै चरम यातना दिए । जुन बेला साँझ साढे७बजिसकेको थियो । छोरालाई तीन–चारपटकभुइँमा लडाइदिए । छोरालाई लछारपछार गर्न थालेपछि छोरालेरुँदै, चिच्याउँदैमामु यहाँ नबसौं भने अनि साँझ ८ बजे आमाछोरा घरबाट निस्किए ।

एक घण्टा रुँदै हिँडेका आमाछोरालाई बीचबाटौमै रोकेर चिनेजानेकैएक घर–परिवारले राति कहाँ हिँडेको भनी बस्न आग्रह गरे । उनीहरु राति त्यहीँ बसे ।अर्को दिन बिहानै उनीहरु त्यहाँबाट हिँडे अनि दिनभर हिँडेरभारतको सिमानामा पुगे । राति ९ बजेतिर प्रहरी नभएको मौका छोपीसानो खोला तरेरनेपालकोसिमाना कटे ।

भारतको मोदिहानी भन्ने ठाउँमा आफ्नी दिदीबस्ने घरमा राति११ बजे सरिता छोरो लिएर पुगिन् । त्यो राति डर लागेन ?भन्ने प्रश्नमा उनी भन्छिन्– ‘त्यो घरमा त्यस दिन बसेको भए शायद आमाछोरालाई नै मार्ने थिए होला । जब मर्नु नै छ भने जे त होला भनेर बाटोमानिकै डर–त्रासका बीच हिँडियो । कति ठाउँमा प्रहरीसँग विवाद भयो । अनुनय विनय ग¥यौंतर नेपालबाट आएको भनेनौं । नेपालबाट आएको भनेको भए प्रहरीले अगाडि बढ्न दिने पनि थिएन ।

जब भिनाजु एक घण्टा लामो बाटोछँदै मोटरसाइकल लिएर लिन आउनुभयो । त्यसपछि बल्लबाँचिएको अनुभूति भयो । म तजेसुकै होला भन्थें होला तर छोराका लागि दिदीसँग कुरा गरें अनि हिँडने निर्णय गरेर हिँडें, अब मलकडाउन सकिएको केही दिनपछि दिदी–भिनाजुसँग गएर प्रहरीमा उजुरी दिने र डिभोर्स गर्ने निष्कर्षमा पुगेकी छु ।’

सरिताको विवाह भएको नौ वर्ष भएको छ । मैले पत्रकारको परिचय दिएरलकडाउनको समयमा सबै परिवार मिली२९ वर्षीया सरितामाथिको आक्रमण किन ?सरिता घरछोडेर कहाँ जानुभएको नि ?भन्ने प्रश्न गर्दारमेश शुरुमा तकेही होइन घरमै त हो नि भनीअत्तालिएझैँगरे । जब मैले सबै घटना बताएर घरबाट हिँडेको १५ दिन भैसकेको बताएपछि रमेशले हामीले केही गरेको होइन लकडाउनमा बोर भयो भनेर दिदीको घरमागएको हो, अरु केही होइनभनेर कुटपिट गरेको कुरा टार्न खोज्दै थिए ।

तर उनी बोलिरहँदानिकै अत्तालिएका थिए । लकडाउनको मौका छोपेर जे गर्नुभयो राम्रो गर्नुभएन, त्यसले तपाईं र तपाईंको परिवारलाई राम्रो गर्नेछैनभन्ने कुरा गर्दा रमेशझोक्किँदै थिए– ‘पत्रकार हुनुहुँदो रहेछ, घर–परिवारको कुरा घर–परिवारमै मिल्छ ।यसबारे लेखिदिनुभयो भने तपाईंका लागि पनि राम्रो हुनेछैन भन्दै फोन राखिदिए ।

लकडाउनका समयमामहिलामाथि हुने हिंसा भोगेकी सरिता एउटा प्रतिनिधि पात्र मात्र हुन् । सरिताजस्ता धेरै महिला–बालिका हिंसा भोग्न बाध्य छन् ।हिंसा अन्य समयमा पनि नभएको त होइन तर लकडाउनको समयमा घरपरिबार एकै ठाउँमाहुँदामहिलामाथि थप हिंसा भएको छ । राष्ट्रिय महिला आयोगमापरेको उजुरीहेर्दा लकडाउनमा महिला तथा बालिकामाथि धेरै हिंसा भएको छ । कतिपय पुरुष पनि हिंसामा परेका छन् तर त्यो संख्या भनेअत्यन्त न्यून छ ।

लकडाउनको ३०औं दिन बिहान टोखा नगरपालिकामा एकजना महिलामाथि उनका श्रीमान्ले कुटपिट र जगल्टासमातेर लछारपछार गरे । उनले आफूमाथि कुटपिट हुनासाथ घरबाहिर निस्केर महिला आयोगको ११४५ नं. मा फोन गरेर जानकारी गराइन् । उनले आफूमाथिअरु बेला पनि निकै अभद्र व्यवहार गर्ने गरेकोतर त्यस दिन त टोखा नगरपालिकाका–६ का वडा सदस्यकोरोना महामारी नियन्त्रण एवं रोकथामकालागि नगरपालिकाको कार्यक्रम लिएर गएको बेला उनकै सामुन्नेमाश्रीमान्ले कुटपिट गरे ।

महिला आयोगमा फोन गरेर ती महिलाले रुँदैभन्दै थिइन्– ‘अब म यो घरमा बस्न नसक्ने भएँ ।निकै लामो समयदेखि सहँदै आएकीथिएँ । सहनुको पनि सीमा हुँदो रहेछ, अब म सहन सकिन । मलाई सहयोग गर्नुप¥यो, मेरो विन्ती छ, मैले पाउने कुरा दिलाइदिनुस् अनि कसैको कुटाइ नखाईएक्लै आनन्दले बस्छु ।’महिला आयोगका अधिकारीलेतत्काल प्रहरीको सहयोग लिनुपर्छ भन्नुहुन्छ भने आवश्यक कारबाही गरौंला नभए अन्य कानुनी र न्यायिक कारबाहीका लागि लकडाउनसम्म पर्खिन भनेकाथिए ।

महिलार बालिकामाथि हुने गरेका हिंसाले उग्ररुप लिएको छ । हुन त लकडाउनकै कारण धेरै परिवारमाथप एकताको सूत्र बलियो पनिभएको छ । सिंगो परिवारमा एकले अर्कालाई थप बुझ्ने अवसर पनि लकडाउनले दिएको छ । एकातिर सकारात्मक पक्ष छ भने अर्कोतिर नकारात्मक पक्ष पनि कहाली लाग्दो नै छ ।श्रीमान् र घर–परिवारबाट मानवअधिकार,मौलिक अधिकार र मान्छेको बाँच्न पाउने अधिकारमाथि हस्तक्षेप भैरहेको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार र नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धि–सम्झौताएवं प्रतिबद्धता विपरीत देशका विभिन्न स्थानमा महिलामाथि निरन्तर आक्रमण हुने, दाइजो कम पाएको भनी श्रीमतीमाथि तेजाब खन्याएर कुरुप बनाउने जस्ता कार्य लकडाउनका समयमा झन् बढी भएका छन् । कतिपयले हिंसा सहन नसकेर आत्महत्यासमेत गरेका छन् । आत्महत्या गर्नेको संख्या पनि उच्च छ ।

लकडाउनको अवधिमा देशभरि ३ सय ११ जनाले आत्महत्या गरेको नेपाल प्रहरीले जनाएको छ । यो संख्या कोरोना सक्रमितको संख्याभन्दा बढी छ । जसमा केही महिलाहरुले हिंसा सहन नसकेर आत्महत्या गरेका छन् भने धेरै गरिबीका कारण असह्य भएर आत्महत्या गरेको हुन सक्नेवरिष्ठ महिला अधिकारकर्मी डा. रेनु अधिकारीले आफ्नो सामाजिक सञ्जालमा राख्नुभएको छ।

लकडाउनका कारण घरमै बस्नुपरेको अवस्थाले धेरै देशमा घरेलु हिंसाका घटना भएका छन्, अन्य समयमा भन्दा निकै बढीमहिला–बालबालिका हिंसामापरेको अवस्थालाई संयुक्त राष्ट्रसंघले द स्याडोपेन्डामिक (छाया महामारी)को संज्ञा दिएको छ। फ्रान्समा लकडाउनको अवधिमा घरेलु हिंसाका घटना ३० प्रतिशतले बढेको छ भने युकेमा घरेलु हिंसाकै कारण आत्महत्या गर्नेहरुको संख्या दोब्बर भएको छ । भारतमा राष्ट्रिय महिला आयोगको रिपोर्टअनुसार हटलाइनमाघरेलु हिंसाका घटना४० प्रतिशतले बढेको रेकर्ड भएकोछ । पाकिस्तानमा ४८ वर्षीय एक पुरुषलेलकडाउनका कारण घरमै बसेर खेलिरहेकी ७ वर्षीया भतिजीलाईकिन हल्ला गरेको भनी गोली हानेर हत्या गरेको युकेबाट प्रकाशित पत्रिका डनले लेखेको छ ।

महिला पुनस्र्थापना केन्द्रका अनुसार १३ वटा जिल्लामा मात्रै लकडाउन प्रारम्भ भएपछि ८३ वटा महिला तथा बालिकामाथि हिंसाभएका छन्। जसमध्ये ४६ वटा घरेलु हिंसा, ९ वटा सामाजिक हिंसा, १४ वटा बलात्कार, २ वटा बलात्कार प्रयास, १ वटा हत्या वा आत्महत्याका घटना भएका छन् ।सार्क मुलुकहरुमा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि विगत ८ वर्षदेखिक्रियाशील सजाल नेसनल एक्सन एन कोर्डिनेटिभ ग्रुपका अनुसारकेही समययता बालिका र महिलामाथि यौन दुव्र्यवहार बढेका छन्। प्रहरीमा दर्ता भएका ४० वटा घटनामध्ये ७५ प्रतिशत बालिकामाथि यौन दुव्र्यवहार भएको छ ।

जसमध्येपाँच नम्बर प्रदेशमा ११, बागमती प्रदेशमा १०, दुई नं. प्रदेशमा ९, एक नं. प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिममा एकजना बालिकामाथि यौन दुव्र्यवहार भएका घटना प्रहरीमा दर्ता भएका छन् तर प्रहरीसमक्ष नपुगेका घटना भने त्यसको तेब्बरभन्दा बढी छ ।

८३ प्रतिशतयौन दुव्र्यवहारका घटनामा ११ वर्षदेखि १७ वर्ष उमेरका बालिका पीडित भएका छन् । ८० प्रतिशत पीडकहरु १८ देखि ३५ वर्षका भएको साउथ एसियन इनेसेटिभ टु एन्ड भ्वालेन्स एगेन्टस चिल्ड्रेनले जनाएको छ ।लकडाउनका समयमा भएका हिंसा रोक्न सरकारले आवश्यक कदम चाल्न ढिला गर्न नहुने भएको छ भने लकडाउनपछि जो दोषी देखिएका छन् उनीहरुमाथि कडा कारबाही चलाउने तयारी गर्नुपर्छ, ताकि आगामी दिनमा महिला–बालबालिकाले न्याय पाएको महसुस गर्न सकून् ।

प्रतिक्रिया दिनुहोस्