कोरोना संक्रमणका कारण मृत्यु भएकी महिला जीवित भएपछि



A health worker adjusts the protective face mask of an elderly woman as she is evacuated from a nursing home after multiple residents of the facility tested positive for the new coronavirus, in Buenos Aires, Argentina, Wednesday, April 22, 2020. (AP Photo/Natacha Pisarenko)

एजेन्सी । विश्वभर कोरोना भाइरस फैलिरहेको बेलामा दक्षिण अमेरिकी देश इक्वेडरमा भने अनौठा घटना घटेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएको भनीएकी एक महिला जीवित भएपछि शोक मनाइरहेका परिवार अचम्ममा परेका छन् ।

केही दिन अघि कोरोना संक्रमित इक्वेडरकी ७४ वर्षकी वृद्धा अल्बा मारुरीको परिवारलाई अस्पतालले अल्बाको मृत्यु भएको जानकारी दिएको थियो । संक्रमण फैलिन सक्ने जनाउदै अस्पतालले नै उनको अन्तिम संस्कार गरेर परिवारलाई अस्तु पठाएको थियो । अल्बाको मृत्युको खबर पाएकोे उनको परिवार शोकमा डुबेको थियो । उनका परिवारले अल्बाको अन्तिम संस्कारको बाँकी विधि समेत पूरा गरेका थिए ।

अचम्म त तब भयो जब कोमामा रहेकी अल्बाको होस खुल्यो र उनले परिवारलाई जानकारी दिन आग्रह गरिन् । तबमात्र केही दिन अघि अल्बा ठानेर अन्तिम संस्कार गरिएकी महिला अल्बा नभएको अस्पतालले जानकारी पायो । तीन हप्तासम्म कोमामा रहेकी अल्बाले आफ्नो परिचय दिएपछि अस्पतालले उनका परिवारलाई उनी जीवितै रहेको सूचना दियो । मृत्यु भइसकेकी अल्बा जीवितै रहेको थाहा पाएपछि परिवारको खुसीको सीमा रहेन ।

पहिचान गर्न गल्ती भएको स्वीकार्दै अस्पतालले अल्बा र उनका परिवारसँग माफी मागेको छ ।

प्रतिक्रिया दिनुहोस्