धर्मशास्त्र पढेर दलित मुक्तिहोला त ?



रमेश विश्वकर्मा

मानव सभ्यता विकासको पहिलो सामाजिक उपज हो धर्म ।समाजले धर्मको विकास गर्नुपूर्व सामाजिक कला, रीतिरिबाज, संस्कृति, संस्कारको विकास भएको हो ।धर्मको विकास समाज सञ्चालनका लागि भएको विधि थियो । तरकालान्तरमा धर्मलाई समाज र मानवताभन्दा माथिल्लो श्रेणीमा राखियो।

फलस्वरुपधर्म सीमित जातिनियन्त्रित विधिको रुपमा विकास हुन गयो । धर्म के हो ?भनी धर्मशास्त्रको अध्ययन गर्नु र धर्मका सवालमा बुझ्नु अहिलेको पुस्ताका लागिराम्रो पक्ष हो, तर धर्म यस्तो किन बनाइयो ?भन्ने प्रश्न गर्न थालियो भने स्वयंधर्मशास्त्रबाटयो प्रश्नको जवाफ पाउन कठिन छ । मन्दिरका पूजारी, पण्डित, चर्चका पादरी, धर्मभिरु, धार्मिक विद्वान्, धार्मिक अनुसन्धानकर्ताहरु आदिले धर्मका सवालमा आफ्ना मृदुल प्रवचन प्रस्तुत गर्न सक्छन् तर धर्मको नजरमा तिनका विचारहरुलाई अन्तिम सत्य मानिदैन ।

तीतो सत्य के हो भने, धर्मशास्त्रमा प्रशस्त सामाजिक विभेदका श्लोकहरु उल्लेख गरिएको पाइन्छ, किनभने तत्कालीन समाजलाईधर्मको आडमा विभेद र बहिष्करणको परम्परा स्थापित गर्नु थियो ।तर अहिलेको समाजमा धर्मको परिभाषा फेरिएको छ, समाज धर्मग्रन्थबाट होइन,मानवीय विवेक र राज्य निर्मित संविधानबाट निर्देशित भएको छ । राज्यहरुधार्मिकरुपमा निरपेक्ष छन् ।

यो शताब्दीको समाजले वैज्ञानिक लोकतन्त्रको वकालत गर्छ, सहभागितामूलक व्यवस्थाको वकालत गर्छ, समाजमा विद्यमानविभेदको अन्त्यसमतामूलक व्यवस्थाबाट निर्मूल होस् भन्ने चाहना राख्छ ।मानवसमाजमा विभिन्न किसिमका विभेदहरु विद्यमानथिए र छन् । त्यसमा पनि हिन्दू समाजमा छुवाछूतजन्य पृथक अमानवीय विभेद सदियौंएउटा वर्गले भोग्दै आएको छ ।

हिन्दू समाजमा विद्यमान छुवाछूतजन्य सामाजिक विभेदको कारणधार्मिक समस्या हो ?भनीकहिलेकाहीँप्रश्न उब्जिन्छ । धर्ममा दोष देख्ने पक्षले दलित आन्दोलनलाई धर्मविरुद्धको आन्दोलनको रुपमा परिभाषित गर्ने काशिश गरिरहेका छन् ।दलित आन्दोलनले समीक्षा गर्न नसकेको एउटा गम्भीर सवाल धर्म पनि हो । पछिल्लो समय दलित आन्दोलनमाएकथरी अभियन्ताहरुले दलित शब्द र हिन्दू धर्मका कारण दलित समुदाय विभेदमुक्त हुन नसकेको आरोप लगाउँदै फरक बहसको शुरुवात गरेको देखिन्छ । दलित शब्द फेरौं, हिन्दू धर्म त्यागौं भन्ने मानसिकता दलित समुदायभित्रको एउटावर्गमा विकास भइसकेको छ । तथ्यांकले धर्म परिवर्तन गर्नेमा दलित समुदाय अग्रस्थानमा देखिनुमा यो सोचाइको प्रभाव बढी रहेको देखिन्छ ।

दलित शब्द र दलित समस्याका सवालमा स्वयं दलित नेतृत्व स्पष्ट देखिँदैन । दलित समस्या के हो ? दलित मुक्ति कसरी हुन्छ ?सशक्त दलित आन्दोलनका सवालमा अल्पकालीन र दीर्घकालीन रणनीतिक योजनाको अभाव दलित आन्दोलनमा शुरुवाती कालदेखि रहँदै आएको हो । मन्दिर प्रवेशबाट शुरु भएको दलित आन्दोलनले राज्यकोशक्ति संघर्षमा कसरी प्रवाहीकरण हुने स्पष्ट कार्यदिशा निर्माण गर्नबाट नेतृत्व ऐतिहासिकरुपमा चुकेको पाइन्छ ।

आलोचनात्मक चेत, त्याग र समर्पण स्वभावको दलित नेतृत्व विकास हुन नसक्दा अवसरवादी चरित्रको नेतृत्व राजनीतिक र सामाजिक आन्दोलनमा हाबीभयो । दलित समुदायको एउटा निश्चित वर्गले दलितको नाममाराजनीतिकलाभ र गैरराजनैतिक लाभ ग्रहण गर्ने प्रवृत्तिले दलित आन्दोलन अवसरवादको नियन्त्रणमा रहेको स्पष्ट हुन्छ ।

एकतिर दुई सिकार गर्ने चरित्र र प्रवृत्तिदलित आन्दोलनभित्र डर लाग्दोरुपमा विकास भएको छ, अवसरवादमा लुप्त एउटा वर्गले दलितका मुद्दामा व्यापार गरिरहेकोछ ।दलितका मुद्दामा राज्यारोहण गर्नेहरुसुकुम्बासी, दलित र हलियाका सवालमा एउटा परियोजना विकास गर्न नसक्नुले, राज्यसँग सम्बन्ध भएको नेतृत्वको क्षमतामाथिबेला–बेला प्रश्न उठिरहन्छ।

दलित आन्दोलन नेपालको सन्दर्भमा अन्य आन्दोलनभन्दा जेठो आन्दोलन हो, तर पनि यस आन्दोलनले अपेक्षित गति लिन सकेन । किनभने दलित नेतृत्वले दलित समस्यालाई सामाजिक चिन्तन र राजनीतिक व्यवहारसँग जोड्न सकेन । शुरुवाती कालमा धार्मिक समस्याको रुपमा दलित समस्यालाई चित्रित गर्न खोजियो । महिला, मधेसी र जनजाति आन्दोलन तुलनात्मकरुपमा सफल भए । किनभने ती आन्दोलन राज्यको चरित्र, समाजको व्यावहार र व्यक्तिको व्यहारका विरुद्ध थिए, चिन्तनका विरुद्धमा थिए ।

दलित आन्दोलनले सामाजिक सम्बन्धका शृङ्खला निर्माण गर्नबाट चुक्यो, दलित समुदायलाई आन्दोलनसँग जोड्नबाट चुक्यो । बरु धर्मले दलितलाई अछूत बनायो, मन्दिरमा दर्शन गर्न नपाएकै कारण दलितहरु अपमानित भए । मन्दिरमा पूजारी बन्न नपाएरै समाजमा विभेद भोगियो भन्ने पुरातन सोचाइभन्दा माथि दलित नेतृत्व उठ्न सकेन । परिवर्तित समाजको मनोविज्ञानसँग दलित समस्यालाई परिभाषित गर्न नसक्दा राजनीतिक आन्दोलनसँग प्रभावकारी साझेदारी गर्न सकेन । पुरातन चिन्तन र इतिहासलाई दोष दिएर विकास भएको दलित आन्दोलन र नेतृत्वले एकातिर राज्यको महत्व बुझ्न सकेन भने अर्कोतिर उत्पीडित समुदायको भरपर्दो ऊर्जा बन्न सकेन ।

केहीबौद्धिक तथा दलित अगुवाहरु दलित शब्दभित्रश्राप देखिरहेका छन् । उनीहरु दलित शब्द फेर्ने अर्थहीन तर्क गरिरहेका छन् ।अर्को थरीअगुवाहरु दलित समस्यालाई धर्म आवरित मुद्दा बनाउन चाहन्छन् ।यी दुवै कोण दलित आन्दोलनका लागिघातक प्रवृत्ति हुन्। दलित समुदायले भोग्दै आएको विभेदधर्म आवरित समाज र सामाजिक व्यवहारले गर्दा सृजना भएको कारणछुवाछूतको प्रमुख पक्ष सामाजिक चिन्तन, मानवीय व्यवहार हो भन्ने मान्यता दलित आन्दोलनमा ओझेल परेको छ । विभेदित सामाजिक चिन्तन र व्यवहारभित्रको सामाजिक रोगलाई कसरी परास्त गर्ने विचार, योजना तथा रणनीतिविहीन दलित सामाजिक, राजनीतिक नेतृत्वका कारण दलित आन्दोलन कचल्टिएको छ ।

केही दलित अगुवाहरुधर्मशास्त्र एवं इतिहास पढेर दलित मुक्ति हुन्छ भनी भ्रमित छन् ।धर्मशास्त्र पढेर दलित मुक्ति सम्भव छैन ।धर्मशास्त्र र इतिहासको अध्ययनले ज्ञान दिन्छ, तर्क दिन्छ तर मुक्ति दिन सक्दैन । इतिहास पढेर इतिहास निर्माण गर्न सकिँदैन । विभेद बुझेर मुक्ति खोज्ने साहसिक नेतृत्व दलित आन्दोलनको वर्तमान आवश्यकता हो ।अहिलेको दलित नेतृत्वबाट समुदायले मुक्ति पाउन सक्दैन । किनभने यो नेतृत्वले दलित समुदायले भोग्दै आएको सामाजिक विभेद अन्त्यको न्यूनतम कार्यक्रम विकास गर्न सकेको छैन । यो नेतृत्वसँग समस्यासँग जुध्ने न्यूनतम रणनीतिक कार्ययोजना छैन । यही नेतृत्व र यस्तै अवस्थामा दलित आन्दोलनलाई छोड्ने हो र समयमै वैकल्पिक नेतृत्वको विकास गर्न सकिएन भने दलित आन्दोलनको विसर्जन निश्चित छ । अहिलेको नेतृत्वले गर्न सक्ने उच्चतम आन्दोलन बालिघरे आन्दोलन हो ।

प्रगतिशील दलित आन्दोलनका लागिप्रगतिशील विचार, प्रगतिशील संरचना र बलियो वैचारिक नेतृत्वको विकास हुन आवश्यक छ । अहिलेको दलित नेतृत्वले आत्मसम्मानको संघर्ष गर्न सक्दैन रभावी पुस्तालाई घृणित सामाजिक विभेदबाट मुक्त गर्न पनि सक्दैन । त्यसैले समतामूलक समाजको निर्माण गर्न रणनीतिक वैकल्पिक नेतृत्वको विकास गर्दै अन्तिम मुक्ति आन्दोलन विकास गर्न अहिलेका सचेत दलित नागरिकको दायित्व बनेको छ । यो शताब्दीमा विकास भएको दलित आन्दोलनलाई भावी पुस्ताले सम्मान गर्ने इतिहास निर्माण क्षमतावान् र प्रगतिशील नेतृत्वबाट मात्र सम्भव छ । त्यसकारणप्रगतिशील दलित आन्दोलनका लागि आन्दोलनभित्र विकास भएका तीनवटा प्रवृत्तिलाई परास्त गर्न जरुरी छ ।

पहिलो प्रवृत्ति जातीय श्रेष्ठता हासिल गर्ने लोभीमनोविज्ञान भएको एउटा समूहले दलित आन्दोलनलाई कमजोर पारेको छ, यही प्रवृत्तिका विरुद्ध दलित आन्दोलनमा शुद्धीकरण हुन जरुरी छ । दोसो दलित आन्दोलनलाई आफ्नो पेवा ठान्ने प्रवृत्ति,यो समूह दलित समुदायले प्राप्त गर्ने अवसरहरु सानोघेराभित्र सीमित गर्न चाहन्छ, दलित आन्दोलनलाई बृहत्तर अभियानको रुपमा नभई ऐच्छिक आन्दोलनको रुपमा विकास गर्न चाहन्छ, यो प्रवृत्तिको भण्डाफोर र बहिष्कार अहिलेको आवश्यकताहो । तेस्रो नेतृत्व पलायनको प्रवृक्ति । दलित आन्दोलनभित्र दलितका मुद्दाहरुबेचेर विदेश पलायन हुने प्रवृत्ति अर्को चुनौती बनेको छ । यो समूह दलित मुद्दामा स्थापित बनेर विदेश पलायन भईपारिवारिक लाभमा फसेको छ । जसको कारण नेपालको दलित आन्दोलनले विभिन्न कालखण्डमा ठूलो मूल्य चुकाउनुपरेको छ । दलित आन्दोलनभित्र विकास भएका यस्ता डरलाग्दा अवसरवादी प्रवृत्तिले दलित आन्दोलन कचल्ट्याएर रक्षात्मक अवस्थामापु¥याएका छन्।

दलित आन्दोलनले एक शताब्दी समय पूरा गर्दैछ, आन्दोलनको शताब्दी समीक्षा गर्नै पर्छ । यस अवधिमा दलित राजनीतिकर्मी, अधिकारकर्मीले दलित समस्याको वैज्ञानिक समाधानको उपाय विकास गर्न त सकेनन्, बरु दलित आन्दोलनलाई शब्दमै अल्झाइरहेका छन्। आन्दोलनको नेतृत्व, विचार र संरचनासम्बन्धी दृष्टिकोणको निर्मम समीक्षा दलित आन्दोलनको अहिलेको आवश्यकता हो । दलित समुदायको आत्मसम्मान प्राप्तिको नयाँ अभियानले मात्रदलित शब्दलाई सम्मानितरुपमा परिभाषित गर्दै दलित समुदाय विभेदको लघुताभासबाट मुक्त गर्न सक्छ । दलित समुदायको मनोविज्ञानमा राजनीतिक लाभ ग्रहण गर्ने ठेकेदारी प्रवृत्तिर व्यापारिकचरित्रलाई निस्तेज गर्न सक्नेविचारयुक्त क्षमतावान् दलित नेतृत्व जसले मण्डेलाको जस्तै, मार्टिन लुथरको जस्तै इतिहास दोहो¥याउन सकोस्,अहिलेको दलित आन्दोलनको आवश्यकता हो।

प्रतिक्रिया दिनुहोस्