पादबाट पनि फैलिन सक्छ कोरोना



सिडनी (एजेन्सी) ।

दोस्रो विश्वयुद्धपछि मानव इतिहासको महासत्रुका रुपमा ब्याप्त विषाणु कोरोना भाइरस कसरी फैलिन्छ, अनुसन्धान अझै जारी छ । शरीर भित्र प्रवेश गर्ने प्रमुख माध्यममा हात, मुख, नाक र आँखा हो भन्ने त करिब तय भइसकेको छ तर यसको स्रोत के के हुन सक्छ, यसमा नयाँ नयाँ तथ्य बाहिर आइरहेका छन् ।

हालै एक अध्ययनले पादबाट पनि कोरोना भाइरस फैलिन सक्ने देखाएको छ । यद्यपी यसलाई लिएर केही विज्ञहरु त्यति चिन्तित देखिएका छैनन् र यसतो पनि हुन सक्छ भन्नेमा धेरैले आशंका रहेको छ । तर सामाजिक सन्जालमा भने ब्यापक चर्चा पाइरहेको कोरोनाको यो स्वभावको सम्भावनालाई अस्विकार गर्न पनि नसकिने स्थिति छ । यो सम्पुर्ण चर्चाको शुरु अष्ट्रेलियाका एक डाक्टरको केही टिप्पणी सामाजिक सन्जालमा आएपछि भएको हो ।

अष्ट्रेलियकाका डाक्टर एन्डी ट्यागले गरेका केही परिक्षणमा कोरोना भाइरसका ५५ प्रतिशत विरामीको दिशामा उक्त भाइरस भेटिएको छ । चिकित्सकिय सोधमा पहिला पनि पादमा दिशाका ससाना अंश हुन सक्ने र यसको माध्यमबाट ब्याक्टेरिया फैलिन पनि सक्ने चेतावनी दिइसकेको छ । यद्यपी पादका माध्यमबाट कसरी भाइरस फैलिन सक्छ , यसलाई लिएर थप अनुसन्धानको आवश्यक भएको उनले बताए ।

अर्को तर्फ विज्ञहरु यसको सम्भावना नभए सरह भएको बताउँछन् । यसतो हुने भनेको जब कसैले पाद गर्दा अर्को ब्यक्ती अत्यन्त नजिक हुनु पर्ने छ । बीचमा कुनै न कुनै कपडा हुनुले ड्रपलेट्स बाहिर फैलिनु लगभग असम्भव हो । यद्यपी दिशामा भाइरस हुन सक्ने तथ्यलाई अस्विकार गर्न नसक्ने बताइएको छ । त्यसैले ट्वाइलेटको सफा सुघरमा अत्यन्त ध्यान दिन आवश्यक छ । कयौं संक्रमणमा केही विरामीमा सुरुमा पखाला लागेको र त्यसपछि मात्र कोरोनाका अन्य लक्षण देखिएका छन् । यसतोमा सावधान हुनु राम्रो हो ।

कोरानो भाइरस फैलिने सामान्य तरीका भनेको हाछ्युं गर्दा र खोकीबाट निस्कने ससाना थोपा नै हो । मुख र नाकबाट निस्कने साना ती थोपाका माध्यमबाट भाइरस बाहिर आउन सक्छ । त्यसपछि कुनै ब्यक्तीसँगको सिधा सम्पर्कबाट पनि यो फैलिन सक्छ । संक्रमित हातबाट कुनै बस्तु छुँदा पनि भाइरस केही समय ती बस्तुमा रहन सक्छ र त्यहाँबाट अन्य ब्यक्ती त्यसको सम्पर्कमा आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्