यसरी हुँदैछ नेपालमै स्यानिटाईजरको उत्पादन,मूल्य रु.१७५ मात्र (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौँ ।

विश्वभर कोरोना भाईरस अर्थात् कोभिड १९ को संक्रमणले भयानक महामरीको रुप लिईरहेका बेला नेपालमा पनि चैत्र ११ गतेदेखि नै लकडाउन जारी गरिएको छ । यसबीचमा नेपालमा संक्रमतिको संख्या दिनानुदिन बढ्दै गईरहेको छ ।

कोरोना संक्रमणबाट जोगिन चाहिने महत्वपूर्ण औषधीजन्य वस्तुको अभाव बजारमा देखिन थालेको छ । यसैबीच नेपाल औषधी लिमिटेडले स्यानिटाईजरको उत्पादन सुरु गरेको छ ।

बबरमहलस्थित लिमिटेडको कार्यालयबाट दैनिक २० हजार बोटल स्यानिटाईजर उत्पादन गर्ने लक्ष्यका साथ सुरु गरिएको हो ।  १०० मिलि प्रतिबोटल स्यानिटाईजरको बजार मूल्य रु १७५ तोकिएको छ

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्