रियल मेड्रिडले तलब कटाउने



मेड्रिड, (एजेन्सी)

कोरोना भाइरसको कारण विश्वका युरोपियन क्लबका खेलाडीहरुले आफ्नो तलब कटौती गर्ने क्रम बढेर गएको छ । कुनै पनि लिग नभइरहेपछि खेलाडीका लागि तलब कटाउनुपर्ने बाध्यता भएको हो । यस्तै ला लिगा क्लब रियल मेड्रिडका खेलाडी, प्रशिक्षकले आफ्नो तलब १० देखि २० प्रतिशतसम्म कटाउने भएको छ ।

यसअघि बार्सिलोना र एटलेटिको मेड्रिडका खेलाडीहरुले २ साता अघि नै ७० प्रतिशत तलब कटाउनेमा सहमति गरेका थिए । तर रियल मेड्रिडले भने कति कटाउने भन्ने विषयमा लामो छलफल गरेपछि तलब कटाउन सहमतिमा जुटेको क्लबले जनायो । स्पेनमा मार्चदेखि नै फुटबल खेल भइरहेको छैन । कोरोना भाइरसका कारण स्पेनमा आपत्कालीन लागेको छ ।

रियल मेड्रिडकै बास्केटबल टोलीले पनि तलब कटाउने स्वीकार गरेको छ । क्लबले जारी २०१९–२० सिजनको अन्त्य हुनेमा कोरोना भाइरसको अन्त्यसँग जोडेको छ । क्लबले बतायो– ‘यो कहाँसम्म जाने यसैमा भर पर्नेछ सिजनको अन्त्य ।’

प्रतिक्रिया दिनुहोस्