लकडाउन पीडितलाई कलाकार केसीको सहयोग



हास्य अभिनेता, गायक तथा निर्माण किरण केसी (राता मकै) का साथमा कलाकारहरुको समूहले लकडाउनका कारण समस्यामा रहेकालाई सघाउन सहयोग गरेका छन्।

अभिनेता केसी, राज केसी, सुरेन्द्र केसीलगायतले ललितपुरका लकडाउन पीडितलाई सहयोग गरेका हुन्। उनीहरुले २१ ग्रुप प्रपर्टीका साथमा कलाकारको समूहले लकडाउनका कारण समस्यमा परेकाहरुलाई सघाउन १ सय बोरा चामल र १० हजार थान मास्क सहयोग गरेका हुन्।

अभिनेता किरण केसीका साथमा उक्त सामग्री बिहीबार महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। यस किसिमको राहतले लकडाउनका कारण समस्यासँग गुज्रिरहेकाहरुलाई सानो भए पनि सहयोग पुग्ने तथा उनीहरुको मनोबल बढ्ने विश्वास लिएको अभिनेता केसीले बताए।

प्रतिक्रिया दिनुहोस्