विद्यार्थी र अभिभावकको मनोभावना बुझेर नतिजा प्रकाशन



भक्तपुर, (नेस)

चाँगुनारायण नगरपालिकाको एक विद्यालयले अनलाइनबाटै परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

कतिपय विद्यालय र विद्यालयहरुका छाता संगठनहरुले कोरोना भाइरसले विश्वव्यापी पारेको प्रभावलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय गरेका बेला चाँगुनारायण नगरपालिका वडा नंं ८ को बाल्मिकेश्वर माध्यमिक विद्यालयले अनलाइनबाटै परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

भक्तपुरलगायत धेरै ठाउँका कतिपय विद्यालयहरुले सूचना टाँस गरी नतिजा प्रकाशित गर्न नसक्ने जनाइसकेका पनि छन् । यस्तो प्रतिकूल समयमा पनि सो विद्यालयले भने अनलाइनमार्फत् विद्यालयले सञ्चालन गरेको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेपछि अभिभावक तथा विद्यार्थीहरु लाभान्वित भएका छन् ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र धमलाले विद्यालयले निर्धारित समयभित्र नतिजा प्रकाशन गरेको जानकारी दिए । उनले लकडाउनमा रहेका विद्यार्थी तथा अभिभावकले परीक्षाफलबारेमा बारम्बार प्रश्न राख्ने गरेको बताउँदै अहिलेको समयको मागलाई ध्यानमा राखी अनलाइनमार्फत् नतिजा प्रकाशन गरेको जनाए ।

‘हामीले अनलाइनमार्फतै नतिजा निकाल्ने तरिका सिक्यौं र त्यहीअनुसार नतिजा निकालेका हौं, अलिकति चासो दिने हो भने सजिलो छ, अहिलेको परिस्थितिअनुुसार गर्नु जरुरी पनि छ ।’

प्रतिक्रिया दिनुहोस्