औपचारिक पूजामै सीमित बिस्केट जात्रा



पुष्कर बुढाथोकी, भक्तपुर

बिहीबार साँझबाट शुरू हुने भक्तपुरको बिस्केट जात्रा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै औपचारिक पूजामा मात्र सीमित गरिने भएको छ ।
भक्तपुर नगरपालिकाले जात्रासँग सम्बन्धित सम्पँर्ण सरोकारवालासँग छलफल गरेर यस वर्ष बिस्केट जात्रालाई औपचारिक पँजामा सीमित गर्ने निर्णय लिएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ भाइरसबाट विश्वभरि ८२ हजारभन्दा बढीको ज्यान गइसकेको र १४ लाखभन्दा बढी संक्रमण भइसकेको अवस्थालाई मध्यनजर गरी जात्रामा हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि यसपालिको जात्रा भीडभाड नगरी औपचारिक पँजामा मात्र सीमित गर्ने निर्णय बैठकले लिएको जानकारी दिनुभयो ।

उहाँले लकडाउनको अवधिभरि घरभित्र सुरक्षित रहन पनि आग्रह गर्नुभयो । प्रमुख प्रजापतिले सरकारले लकडाउन गरिरहेको समय वैशाख ३ गतेसम्म तोकिएको बताउँदै सोही अवधिभित्र जात्रा भएकाले औपचारिक पँजामा मात्र सीमित गर्ने निर्णय भएकाले आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग विश्वप्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा रोकिएर औपचारिक पँजामा मात्रै सीमित हुन पुगेको इतिहासमै यो पहिलो घटना भएको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्