कोरोना नियन्त्रणमा सरकार संवेदनशील नभएको आरोप



पुष्कर बुढाथोकी, भक्तपुर

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरूले कोरोना संक्रमणको महामारीबाट आउन सक्ने सम्भावित संकटलाई आत्मसात् गरी चेकजाँचको विशेष व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

तरुण दलका पँर्वअध्यक्षहरू विनोदप्रकाश कायस्थ, उदयशमशेर राणा तथा नेविसंघ पँर्वअध्यक्षहरू नैनसिंह महर, महेन्द्र शर्मा र रञ्जित कर्णले कोरोना नियन्त्रणमा सरकार संवेदनशील नभएको उल्लेख गर्नुभएको छ ।

‘स्वास्थ्य सामग्री खरिदमा मन्त्रीको निहित स्वार्थ र कमिसनको खेलमा लागेको कुरा बाहिर आएको छ तर प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो सम्बोधन र सरकारको मनोमानी रवैया हेर्दा अनियमिततालाई गम्भीरताका साथ लिएको देखिएन।’ –विज्ञप्तिमा उल्लेख छ ।

न्यँन आएका भएका मजदुर किसानका लागि विशेष राहत, उद्योगी व्यवसायीका अवस्था हेरेर राहत तथा विदेशमा रहेका विद्यार्थी कामदारको स्थिति पत्ता लगाएर कँटनीतिक नियोगमार्फत उचित कदम चाल्न पनि पँर्वअध्यक्षहरूले संयुक्त रूपमा सरकारसँग माग गरेको तरुण दलका पँर्वअध्यक्ष कायस्थले बताउनुभयो ।

जतिसक्दो छिटो शंकास्पद व्यक्तिहरूको परीक्षण गर्न र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीहरू व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ । अस्पतालहरूमा भेन्टिलेटर संख्या बढाएर कम्तीमा एक हजार पाँच सय बनाउन पनि उहाँहरूको माग छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भ्रातृ संस्थाका पँर्वअध्यक्षहरूले कोभिड–१९ को महामारी शुरू भएको ३ महिना बितिसक्दा समेत कोरोनाको नियन्त्रणमा सरकार संवेदनशील र गम्भीर नभएको भन्दै आपत्ति जनाउनुभएको छ ।

उहाँहरूले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकोबारे छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र तत्काल गुणस्तरीय स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवनरक्षाको दायित्वमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । ‘तत्काल गुणस्तरीय स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवन रक्षाको दायित्वमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउँदछौं।’ –नेपाल तरुण दलका र नेविसंघका पँर्वअध्यक्षहरूले भन्नुभएको छ ।

पँर्वअध्यक्षहरूले देशका दक्षिण भँभागमा खुला सिमानाका कारण लुकिछिपी लकडाउन उल्लंघन गर्ने क्रम जारी रहेकाले सीमामा रहेका नेपालीहरूको नैसर्गिक अधिकारको ख्याल गरी उनीहरूलाई सुरक्षित तवरले आफ्नो देशमा ल्याएर क्वारेन्टाइनको उचित प्रबन्ध गर्न पनि सरकारको ध्यान आकृष्ट गराउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्