लकडाउनमा महिला हिंसा बढ्यो ?

(समाचार टिप्पणी)



कपिल काफ्ले, काठमाडौं ।

कोरोना भाइरसको संक्रमणका बेला महिला–पुरुष–अन्य लिङ्गी सबै लकडाउनमा छन् । प्रायः बाहिर जाने र खेलकुद, जमघट, प्रतिस्पर्धालगायतका मनोरञ्जनात्मक काममा समय बिताउने घरका प्रभावशाली सदस्य पनि सँगै थुनिएका छन् । घरका शक्तिशाली सदस्यमा बाहिर आनन्द लिन नपाएकाले असन्तुष्टि बढ्ने र त्यस्तो आक्रोश परिवारकै कमजोर सदस्यमा बज्रिने गरेको छ ।

‘हाम्रो क्षेत्रमा तीन हजार वर्षदेखि कायम रहेको पितृसत्तात्मक सामाजिक व्यवस्थाले पुरुषलाई परिवारको सत्ता र शक्ति दिएको छ, प्रष्ट छ– पुरुषको झोक महिला र बालबालिकामाथि बज्रिरहेको छ’, दक्षिण एसियाकै सुप्रसिद्ध महिला अधिकारकर्मी कमला भसिन भन्नुहुन्छ– ‘सामान्य अवस्थामा नै हिंसामा रहने यस क्षेत्रका महिला कोरोनाको कहरका बेला अझ बढी हिंसाको शिकार हुनपुगेका छन् ।

भसिनका अनुसार, भारतको नयाँदिल्लीमा उहाँको ‘जागोरी’ नामको महिला अधिकारका क्षेत्रमा कार्यरत गैसस छ, त्यहाँ हिंसामा परेका महिलाले गुनासो र उजुरी गर्नपाऊन् भन्ने उद्देश्यले चलाइएको हेल्पलाइन छ, तर लकडाउन शुरू भएपछि महिलाले फोन गर्न छोडेका छन् ।

‘उजुरी आउन आधा घटेको छ, किन होला भनेर हामीले खोज्यौं, अधिकांशतः महिला–हिंसा गर्नेमा पुरुष नै छन्, उनीहरू दिनरात घर छोडेर कतै जाँदैनन्, अनि महिलाले कुन बेला उनीहरूविरुद्धको गुनासो सुनाउनु !’ भसिनले प्रस्ट पार्नुभयो– ‘त्यसमा पनि नेपाल–भारतका ५० प्रतिशत महिलासँग मोबाइल फोन नै नभएको तथ्यांकले देखाउँछ ।’

नेपालमा पनि महिला हिंसाका उजुरी सुन्ने हेल्पलाइनहरूको व्यवस्था धेरै ठाउँमा छ, तर यस्तो असामान्य बेलामा तिनीहरूले काम गर्दैनन् । राष्ट्रिय महिला आयोगकै हेल्पलाइन लकडाउनका बेलामा नउठेको प्रभावित महिला अधिकारकर्मीहरूको अनुभव छ ।

‘हेल्पलाइन ११४५ को प्रतिक्रिया के हुँदोरहेछ भनेर मैले नै फोन गरें, तर काम भएन’, वरिष्ठ पत्रकार तथा महिला अधिकारकर्मी आरती चटौत भन्नुहुन्छ– ‘तर, लकडाउन छ के गर्ने भनेर कुनै अधिकारकर्मी गैसस वा व्यक्तिले माफी पाउँदैन, उसले फोन गर्नुपर्यो, इन्टरनेट चलाउनुपयो, पत्रकारलाई सम्पर्क गरेर जानकारी दिनुप¥यो, सार्वजनिक मिडियामा बोल्नुपर्यो, पत्रकारले समाचार ब्रेक गर्नुपर्यो !’

मुलुकको ७७ वटै जिल्लामा महिला मानव अधिकार रक्षक सञ्जाल रहेको डब्लँएचआरडीका अध्यक्ष डा. रेणु अधिकारी लकडाउनका समयमा महिलामाथि वैवाहिक बलात्कारदेखि कुटपिटका घटनाहरू बढेको रिपोर्ट पाएको बताउनुहुन्छ– ‘बाहिर गएर रमाइलो गर्न नपाएको, घरभित्रै थुनिनुपरेको झोक श्रीमान्हरूले श्रीमतीमाथि देखाइरहेका छन्, अनिच्छापँर्वक यौन सम्पर्कका लागि बाध्य बनाउने, मिठोमसिनो खान नपाएको झोक देखाउने, रक्सी सेवन गर्ने र तास खेलेर समय बिताउने, पैसा हारेकोमा गुनासो गर्ने श्रीमतीलाई कुटपिट गर्ने आदि हिंसात्मक काम पुरुषबाटै भएको छ ।’

‘आज हाम्रो समाजमा युवाहरूको ठँलो संख्या विदेशमा छ, आमाबाबु मात्र घरमा छन्, विदेशमा रहेको छोराछोरीको चिन्ता गर्ने पनि आमा, उनीहरूका बारेमा कुरा गरेर मन बहलाउन खोज्दा श्रीमान्बाटै पिटिने पनि आमा।’ –डा. अधिकारीले लकडाउनका समयमा प्रहरीकहाँ गएर उजुरी गर्ने र अधिकारकर्मी सहयोगीको साथ पाउने वातावरण पनि नभएकाले महिला थप पीडामा रहेको बताउनुभयो ।

अधिकारर्मी भसिन यस समयमा मेनइङ्गेज अलायन्सजस्ता संस्थाले प्रभावकारी रूपमा काम गर्न नसकेको टिप्पणी गर्नुहुन्छ, ‘अरू केही गर्न नसके पनि सोसल मिडियामा घटनाहरू अपडेट गर्न, छरछिमेकमा हिंसा भयो भने घण्टी बजाएर वा थाल ठटाएर खबरदारी गर्न त सकिन्छ नि, हिंसाविरुद्ध आवाज उठाउन आह्वान गर्न सकिन्छ, पहिला भइरहेको नेटवर्कलाई परिचालन गर्न सकिन्छ, जुनरूपमा हिंसा बढेको छ त्यसको अनुपातमा विरोधका स्वरहरू सुनिएकै छैनन् ।’

तर, यसैबीच संयुक्त राष्ट्रसंघले बलियो स्वर सार्वजनिक गरेको छ । महासचिव आन्टोनियो गुटेरसले सार्वजनिक महŒवको वक्तव्य यसै विषयमा सार्वजनिक गर्नुभएको छ । साथमा, यँएन विमेनले ६ अप्रिलका दिन वक्तव्य प्रकाशित गरी विश्वव्यापी बनाएको छ । त्यसमा उसले कोभिड–१९ को महामारीका बेला महिला तथा बालिकाविरुद्धको हिंसाले अर्को महामारीको रूप लिएको चित्रण गरेको छ ।

विश्वका ९० मुलुकका चार अर्ब नागरिक लकडाउनमा रहेका बेला सहायताका लागि महिलाहरूको पुकार ३० प्रतिशतले बढेको यँएन विमेनले जनाएको छ । यसलाई सँचकका रूपमा मान्दा लकडाउनका बेला महिलाविरुद्धको हिंसा ४० प्रतिशतसम्म बढेको देखिन्छ । खासगरी, अर्जेन्टिना, क्यानडा, फ्रान्स, जर्मनी, स्पेन, बेलायत, अमेरिका र अस्ट्रेलियामा सहयाताका लागि पुकार गर्ने महिलाको संख्या अधिक रहेको जनाइएको छ ।

‘युरोपको अवस्था नेपालमा मिल्दैन’, मेनइङ्गेज अलायन्स नेपालका सल्लाहकार तथा चर्चित अधिकारकर्मी गौरी प्रधान भन्नुहुन्छ– ‘हाम्रो मुलुक पितृप्रधान हो, महिलामाथि हिंसा भएको सत्य हो, त्यसैले हामी समान अधिकारका लागि लडिरहेका छौं, तर लकडाउनका समयमा महिलामाथि हिंसा बढेको म देख्दिनँ । बेचबिखन रोकिएको छ, कार्यस्थलमा हुने हिंसा सुन्नुपरेको छैन ।’

‘केही घटनालाई सामान्यीकरण गर्नुहुन्न, यद्यपि एउटै मात्र भए पनि हिंसा हिंसा नै हो, त्यसको विरोध गरिनुपर्छ, तर हिंसा बढ्यो भनेर दाबी गर्ने आधार के हो?’, उहाँले प्रश्न गर्नुभयो– ‘हिंसाका लागि सामान्यतः पीडकले पीडितलाई एक्लै पारेर पीडा दिने गर्दछ, लकडाउनमा त सबै परिवार घरमै छन्, होइन र?’
राष्ट्रिय मानव अधिकार आयोगका पँर्वआयुक्तसमेत रहेका प्रधानले भन्नुभयो– ‘हामीले हिंसाका घटनामा औंला ठड्याउनै पर्छ तर सुधारका पक्षहरूलाई उल्लेख गर्न पनि बिर्सनुहुन्न ।

मैलै पुरुषहरूले लकडाउनका बेला करेसाबारीमा काम गरेको, खाना बनाएर खुवाएको, केटाकेटीलाई समय दिएको, आमा–श्रीमती–बहिनीहरूसँग बसेर घरव्यवहारमा हात बटाएको देखेको छु ।’ उहाँले भन्नुभयो– ‘यस्तो बेला तास खेलेर समय बिताउने पुरुष पनि नदेखिएका होइनन्, त्यसको म आलोचना गर्छु तर असल पुरुषहरूको भँमिकालाई सराहना गर्न कञ्जुस्याइँ पनि गर्दिनँ ।’ राम्रा सन्दर्भ बाहिर ल्याउन सकेमा नै अरूलाई पनि ‘इङ्गेज्ड पुरुष’ हुन प्रेरणा मिल्ने उहाँको विश्वास थियो ।

नेपालमा बालअधिकारका प्रवर्तक मानिने प्रधानले भन्नुभयो– ‘लकडाउन बढ्दै जाँदा महिला तथा बालबालिकामा मनोविमर्श सेवाको खाँचोपर्ने हामीले देखेका छौं, त्यसमा सञ्जाललाई कसरी परिचालन गर्नसकिन्छ भनेर हामी विचार गरिरहेका छौं ।’

दक्षिण एसियामा हजारौं अधिकारकर्मी कार्यकर्ता बनाउन सफल भसिनका अनुसार भारतका ११ राज्यमा प्रभावशाली रहेको मेनइङ्गेज अलायन्समा काम गर्ने ‘एकसाथ’ नामक संस्थाले लकडाउनका बेला पनि सामाजिक सञ्जाल र मिडियाका विभिन्न माध्यमहरूको प्रयोग गरेर महिला अधिकारका पक्षमा एक्टिभिजम देखाइरहेको छ। यसै गरी आ–आफ्नो क्षेत्रबाट सबैले हिंसाविरुद्ध आवाज उठाउनु अनिवार्य छ । लकडाउनमा हिंसाविरुद्धको आवाज ‘लक’ गरेर बस्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्