अनलाइनमार्फत पठनपाठन गराउने सरकारको तयारी



ईश्वरराज ढकाल, काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि पुनः थप भए सरकारले दँरशिक्षा र अनलाइनमार्फत पठनपाठन गराउने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यसका लागि गृहकार्य भइरहेको जनाएको छ । सरकारले वैशाख ३ गतेसम्म लकडाउन घोषणा गरेको छ । विद्यालय जान नपाएर घरमा बसिरहेका करिब ७० लाख स्कुले बालबालिकाको अध्ययनलाई ध्यानमा राखेर मन्त्रालयले नयाँ योजना तय गर्न लागेको हो ।

मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले वैशाख ३ गतेपछि पुनः लकडाउनको समय थप भए दँरशिक्षा र अनलाइन माध्यमबाट पढाउन सबै निजी र सरकारी विद्यालयलाई निर्देशन दिने बताउनुभयो । उहाँले कसरी कुन प्रविधि र प्रयोग गरी अध्ययापनको व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले समिति गठन गरेको जानकारी दिनुभयो ।

मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना तय गर्न नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको संयोजकत्वमा १३ सदस्यीय ‘एजुकेसन पेडागोगी एन्ड अल्टरनेटिभ्स’ उपसमिति गठन गरेको छ ।

विश्वविद्यालयहरू, विश्वविद्यालय अनुदान आयोग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सीटीईभीटीलगायतको प्रतिनिधित्व रहेको यो उपसमितिले अहिले अवधारणापत्र बनाएर काम गरिरहेको मन्त्रालयका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

समितिले गरेको सिफारिसको आधारमा नयाँ ढंगले पढाइ सञ्चालन गर्ने विषयमा छलफल गर्ने तयारी भएको उहाँको भनाइ छ । लकडाउन शुरू भएदेखि नै विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इस्लिङ्टन, त्रिविअन्तर्गत मेदासलगायत कलेजले अनलाइन कक्षा शुरू गरिरहेका छन् ।

ती कलेजले परीक्षाको तयारी गरिरहेका छन् । लकडाउनका कारण कक्षा १० को अन्तिम परीक्षा एसईई, १२ र ११ को परीक्षा अनिश्चितकालका लागि स्थगित भइसकेको छ । मुलुकका सबै विश्वविद्यालयको परीक्षा स्थगित भइसकेको छ ।

‘परीक्षाको विषयभन्दा पनि अब कसरी नयाँ ढंगले पठनपाठन गराउने भन्ने विषयमा सोचिरहेका छौं।’ –प्रवक्ता शर्माले भन्नुभयो । लकडाउनका कारण यो वर्षको भर्ना अभियान अनिश्चित भएको छ । निजी विद्यालयले नयाँ भर्ना गर्न सकेका छैनन् ।

केही विद्यालयले कक्षा ११ र १२ को परीक्षा अनलाइनबाट पढाइरहेका छन् । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले लकडाउनको समय पुनः थपिए नयाँ भर्ना र नयाँ शैक्षिकसत्र शुरू गर्ने विषयमा सोच्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्याब्सनले केही दिनमै बैठक बसेर निर्णय गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुकले अनलाइनबाट पठनपाठन शुरू गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइन र दँरशिक्षामार्फत पठनपाठन गर्ने विषयमा अध्ययन गर्न समिति बनाइसकेको जनाउनुभएको छ ।

उहाँले अनलाइन, टेलिभिजन र रेडियो र एप्स तयार गरी पढाउने सोच भइरहेको बताउनुभयो । मन्त्रालयले २०५० साउनमा स्थापना गरेको दँरशिक्षा केन्द्रमार्फत पढाउने व्यवस्था गरिरहेको जनाएको छ ।

२०७२ को भँकम्प बेलामा पनि रेडियो र स्थानीय एफएममार्फत पढाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्