शिक्षा मन्त्री पोखरेलद्वारा सबै विश्वविद्यालयका उपकुलपतिहरुसंग भिडियो कन्फरेन्स मार्फत् छलफल



न्युज अफ नेपाल,काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशभरका सबै विश्वविद्यालयका उपकुलपतिहरुसंग बिहीबार साँझ भिडियो कन्फरेन्स मार्फत छलफल गर्नुभएको छ ।

वर्तमान परिस्थितिमा विश्वविद्यालयले खेलेको भूमिका र अबको कार्ययोजना, स्वयम्सेवक परिचालन र अनलाईन शिक्षाको तयारी लगायतको विषयमा बैठक केन्दीत रहेका मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो ।

विभिन्न १० वटा विश्वविद्यालयका उपकुलपतिहरुसंगको छलफलमा सबै ल्याबरूको प्रयोगे, अनलाइन प्रणालीमा जाने तयारी , प्राध्यापकहरुको क्षमता विकासका लागि भईरहेका काम , कोरोना भाईरसको संक्रमण फैलिन नदिन सचेतनामूलक सामाग्रीहरु प्रकाशन , र अपील निकाल्ने, स्वयम् सेवकको लागि बायोमेट्रिक , बायोलोजी, शिंक्षण अस्पतालको विज्ञको टीम परिचालन लगायतका विषयहरुमा छलफल गर्नुभयो ।

राजधानी लगायत सातवटै प्रदेशहरुमा अवस्थित विश्वविद्यालयहरुले क्षेत्र अनुसार कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै तरिकाले तयार रहका बताएका छन् । सुदुर पश्चिम विश्वविद्यालयका उपकुलपतिलाई पश्चिम क्षेत्र संवेदनशील भएको बताउँदै केही क्याम्पसहरुलाई आइसोलेसन र केहीलाई क्वारेनटाइनको रुपमा रूम विकास गरिएको जानकारी गराउनु भएको थियो ।

शिक्षामन्त्री पोखरेलले कोरोना भाईरस कोभिड १९ को संकटसंग विश्व नै जुधिरहेको समयमा राज्यलाई चाहिने क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनु भयो । कोभिड १९ को अनुसन्धान गर्ने विश्वविद्यालय को जीमेवारी भएको भन्दै उहाँले यो महामारीलाई हामीले जित्ने गरी लडाईको तयारी गर्ने , विशेष गरी विश्वविद्यालयका प्राविधिक जनशक्ति परिचालन गर्ने , यो संकटलाई अवसको रूपमा वादलेर शिक्षाको क्षेत्रमा नयाँ प्रणाली विकास गर्ने, सबै विश्वविद्यालयहरु आपसमा मिलेर यो महामारीमा लड्ने, राष्ट्रिय स्तरमा परिचालन गर्न सक्ने स्वयम् सेवाको नाम लिष्ट मन्त्रालयमा पठाउने, छात्रवृत्तिमा अध्ययन गरिरहेका , र पढाइ पुरा गरिसकेका विद्यार्थीहरुको लिष्ट बनाएर मन्त्रालयमा पठाउने र उनीहरूलाई राज्यलाई सहयोग गर्न अपिल गर्ने, राष्ट्रिय स्वयम सेवकको नाम लिष्ट बनाएर मन्त्रालयमा पठाउने, कोरोना कोष मा सहयोग गर्ने लगायतका विषयमा उहाँले गहन छलफल गरी निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्